शुभकामना साकोसको आयोजनमा उद्घोषण कला प्रशिक्षण सम्पन्न

भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय र नासमनामा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप-समितिको आयोजनामा सञ्चालित ३ दिने उद्घोषण कला प्रशिक्षणको समापन कार्यक्रम बागमती प्रदेशका सभासद कृष्णलाल भडेलको प्रमुख अतिथ्यतामा यही फागुन ६ गते सम्पन्न भयो । प्रमुख अतिथि भडेलले पानसमा दीप प्रज्ज्वलीत गरी सो कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि भडेलले आफू पनि यस शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य भई कारोवार गर्दै आएकोले यस सहकारी संस्थाले गरेको प्रगति प्रति गौरवान्वित भएको र यो संस्था आगामी दिनमा अझ प्रगति पथमा अगाडि बढ्नेमा आफु बिश्वस्त रहेको धारणा व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई बधाई दिनु भयो । उक्त कार्यक्रम त्यसै संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन प्रशिक्षार्थीद्वय सृजना सुवाल र चलिला कर्माचार्यले गर्नु भएको थियो । प्रशिक्षक रामगोपाल किसिजू “आशुतोष” ले प्रशिक्षण दिनु भएको उक्त प्रशिक्षण कार्यक्रममा सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारीहरु र कर्मचारीहरु गरी जम्मा १४ जनाले प्रशिक्षण लिनु भएको थियो । सोही कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, नि:वर्तमान अध्यक्ष न्हुछेकुमार त्वायना लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने शिक्षा उप-समितिका संयोजक डा.बिष्णु भक्त कवाँले धन्यवाद मन्तव्य व्यक्त गर्नु भयो ।
एशियाली ऋण महासंघ (अक्कू) वाट एक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल समुदायमा आधारित त्यस संस्थामा २०७७ फागुन मसान्तसम्म ८,२८१ शेयर सदस्यहरुवाट रु.१ अर्व २४ करोड ६१ लाख १४ हजार ४ सय २५ कारोवार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्येश्याम दुवालले जानकारी दिनु भयो ।