५ बुँदे प्रतिबद्धता-पत्र , ०७७ जारी गर्दै सकियो सहकारीमा महिला सहभागिता राष्ट्रिय गोष्ठि

0 Shares

भूमि व्यवस्था ,सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोग र राष्ट्रिय सहकारी महासंघ लि., नेपालको आयोजनामा यही चैत ८ गतेदेखि शुरु भएको सहकारीमा महिला सहभागिता राष्ट्रिय गोष्ठि ५ बुँदे प्रतिबद्धता-पत्र,२०७७ जारी गर्दै आज सकिएको छ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सज्ञकारी महासंघ लि.को सभाहलमा सञ्चालन भएको  गोष्ठिको महिला , वालवालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा मन्त्री महतोले आर्थिक रुपान्तरण विना समाजमा विद्यमान विभेद हटाउन सम्भव छैन भन्दै राज्यले आर्थिक रुपान्तरणको लागि सहकारीको पहिचान गरेकोले सहकारीमा महिला सहभागिता आवश्यक रहेको बताउनुभएको थियो ।

Leave a Reply