लोकेश्वर साकोस अध्ययन अवलोकन भ्रमण

0 Shares

भक्तपुरको इलाछेमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कोे आयोजनामाा सोही  संस्थाका सदस्यहरुलाई सिन्धुपाल्चोक जिल्लाको चौतारा स्थित गौरती भिमसेन अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाका सदस्यहरु तथा वाल सदस्यको उपस्थिति रहेको सो भ्रमणको कार्यक्रममा बोल्दै अतिथि साविक भक्तपुर नगरपालिका वडा नं.१५ का वडाअध्यक्ष रविन्द्र खर्वुजाले सबै ठाउँको अध्ययन भ्रमणले मात्रै सो क्षेत्रको भौगोलिक स्थितिबारे बुझ्न सकिने हुँदा यस्तो भ्रमण गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रमणमा संस्थाका वाल सदस्यदेखि जेष्ठ सदस्यसम्म उपस्थित रहेको बताउनु हुदै यस्तो भ्रमणबाट चार पुष्टा सबैलाई समेतेको र भेट हुने अवसर प्राप्त हुने कुरा बताउनु भयो । त्यसैगरी अर्का अतिथि श्यामसुन्दर मातांले संस्थाबाट आयोजित यो भ्रमणबाट सदस्यहरुले देशको फरक- फरक ठाउँको बारेमा अध्ययन गर्ने र बुझ्ने अवसर प्राप्त भएको बताउदै नगरपालिकाले गरेका विविध गतिविधिको बारेमा चर्चा गर्नुभयो । संस्थाका अध्यक्ष राजन जतिले कार्यक्रममा बोल्दै सहकारी संस्थाले वित्तीय कारोबार मात्रलाई नभइ सदस्यहरुको आर्थिक एबं सांस्कृतिक स्तर उकास्न सदस्यहरुको चाहना अनुसार यस्ता विभिन्न भ्रमण कार्यक्रम र तालिमहरुको आयोजन गरेकोे र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने  बताउनुऐभयो । संस्थाका सञ्चालक सदस्य एवं त्यसै अध्ययन अवलोकन भ्रमणका संयोजक राजु छुकांको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कृष्णराम तुकंबन्जार, रामसुन्दर सुजखु र प्रशान्त मानन्धरले पनि आ-आफ्नो विचार व्यक्त भएको थियो ।

Leave a Reply