सहकारी संस्थाहरुको अनुगमन र फाइल व्यवस्थित गर्दै ललितपुर महानगरपालिका

0 Shares

ललितपुर महानगरपालिकाले आफू अन्तर्गतका सहकारी संस्थाहरुको अनुगमन र फाइल व्यवस्थित गरी विवरण अध्याबधिक गर्ने कार्य गरिरहेको जनाएको छ । उक्त महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले ललितपुर महानगरपालिका अन्तर्गत रहेका ५० वटा सहकारी संस्थाको अनुगमन गर्ने योजना अनुरुप ३ वटा टोली बनाएर तिनको अनुगमन गर्ने कार्य भइरहेको छ , ती मध्ये ३९ वटा संस्थाको अनुगमन सकिएको छ भने ९ वटा संस्थाको त प्रतिवेदन तयार गरी हाम्रो यस महानगरपालिकाका प्रशासकीय अधिकृत ज्यू मार्फत उप-मेयर ज्यूलाई हस्तान्तरण गरिएको छ , अनुगमन भइसकेका बाँकी संस्थाहरुको प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ र प्रतिवेदन बुझाएका सहकारी संस्थाहरुको सानातिना कमीकमजोरी भेटिएको सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले ‘डेड महिना अगाडि ललितपुर महानगरपालिकाको सहकारी नियमावलीको मस्यौदा यस शाखाले निर्माण गरी कानून शाखामा पठाई सकेको छ’ भन्नुभयो । ‘डिभिजन सहकारी कार्यालयबाट हामीले ३४४ वटा सहकारी संस्थाको फाइल बुझेका थियौं ,  छानविन गर्दा ती मध्ये १० वटा सहकारी संस्था हाम्रो यस महानगरपालिकाको नियमन क्षेत्र भन्दा बाहिर कार्यक्षेत्र रहेको पाइएकाले कार्यक्षेत्रका आधारमा लुम्बिनी फाइनान्स सहकारी संस्था लि.को फाइल सहकारी विभागमा तथा कर्ममा साकोस, ओमसिवा बहुमुखी सहकारी संस्था लि., नवललित साकोस , न्यु भिजन बहुउद्देश्यीय सहकारी संस्था लि., सिद्धिचण्डी  साकोस , भिन्तुना बहुउद्देश्यीय सहकारी संस्था लि. पञ्च श्री साकोस , इमेज साकोस र सवा उपभोक्ता सहकारी संस्था लि.को फाइल बागमती प्रदेश , सहकारी विभागमा पठाइएको छ भने बागमती प्रदेश, सहकारी विभागले पनि यसै महानगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने ललितपुर महानगरपालिका-१४ मा रहेका लालीगुराँस जनस्वास्थ्य सहकारी संस्था लि.र सर्बोत्तम साकोस तथा वडा नं.१८ मा रहेको श्रृष्टि महिला साकोसको फाइल हामी कहाँ पठाएको छ भने हामीले गत वर्ष सेवक साकोसलाई बागमती प्रदेश अन्तर्गतको हाम्रो नमुना साकोस र हाम्रो थैली साकोससँग , आदिशक्ति कृषि सहकारी संस्था लि. बागमती प्रदेश अन्तर्गतकै अरु ३ वटा सहकारी संस्थासँग एकीकरणका लागि स्वीकृति दिएका थियौं र यही फागुन ३० गते महालक्ष्मीस्थानमा रहेको सितल साकोसलाई ललितपुरमै रहेको बागमती प्रदेश अन्तर्गतको प्रफुल्ल कृषि सहकारी संस्था लि.सँग एकीकरणका लागि स्वीकृति दिएका छौं र यतिबेला हाम्रो यस महानगरपालिका अन्तर्गत ३३४ वटा सहकारी संस्था छन्’ उहाँको भनाई छ ।

तपाईहरुको यो शाखाले अरु केही गर्दैछ कि भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञासाको जवाफ दिदै शाखा प्रमुख डंगोलले ‘हामीले यस महानगरपालिका अन्तर्गतका सहकारी संस्थाहरुलाई कोपोमिसमा इन्ट्री गराई रहेका छौं , यसबेलासम्म ७ वटा सहकारी संस्थाको कोपोमिसमा इन्ट्री भएको छ’  भन्नुभयो । उहाँले माघ १५ गतेदेखि चैत मसान्तसम्म रु.५ सय , बैशाख १ गतेदेखि असार मसान्तसम्म रु.१ हजार र असार मसान्तपछि यसै आर्थिक वर्षमा साधारणसभा गरी रिपोर्ट बुझाउन आउने सहकारी संस्थाको रु.२ हजार जरिवाना लिई रिपोर्ट बुझ्ने निर्णय भए बमोजिमको जरिवाना लिएर सहकारी संस्थाको साधारणसभाको रिपोर्ट बुझ्ने कार्य भइरहेको बताउनुभयो । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि., ललितपुरसँग  समन्वय गरी सहकारीका समस्या र समाधान विषयक १ दिवसीय गोष्ठि गर्ने योजना रहेको उहाँको कथन छ । हामीलेे १४ वटा सहकारी संस्थाको सञ्जाल रहेको यल अन्तर सहकारी समन्वय समिति र ७ वटा सहकारी संस्थाको सञ्जाल रहेको लिघशा: सहकारी ढुकू सँगको संयुुुक्त आयोजनमा सहकारी एकीकरण सम्बन्धी तालिम सञ्चालन गरी सकेका छौ भने १५ वटा सहकारी संस्थाको सञ्जाल रहेको सहकारी सुरक्षण कोषसँँगको संयुक्त आयोजनामा २०७७ चैैैैत १४ गते नागबहालमा रहेको गुठीमा सहकारी एकीकरण सम्बन्धी १ दिवसीय गोष्ठि सञ्चालन गर्न लागेको उहाँको थप भनाई छ । ललितपुर महानगरपालिकाको सहकारी शाखामा ५ जना कर्मचारी कार्यरत छन् ।

Leave a Reply