गुडविल बन्यो समस्याग्रस्त

0 Shares

ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्था लि. समस्याग्रस्त बनेको देखिएको छ । सञ्चालक समिति भित्रका अध्यक्ष सहितका केही व्यक्तिहरुले बद्मासी गरेका कारण संस्था धराबासी बनेको त्यसै संस्थाका पीडित शेयर सदस्यहरुले बताएका छन् । ‘उक्त संस्था समस्यामा परेको उजुरी ललितपुर महानगरपालिका सहकारी शाखामा आएको छ’ सोही शाखाका प्रमुख चन्द्रलाल डंगोलले बताउनुभयो । ‘त्यस संस्थाको समस्या समाधानका लागि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले प्रयत्न गरिरहेको छ , समयमा हामीलाई जानकारी नहुँदा संस्था  क्रिटिकल समस्यामा पुगेछ , यसै हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन’ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईले भन्नुभयो ।मंगलबार ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को कार्यालयमा उक्त संघका अध्यक्ष बजगाई तथा समस्यामा परेको गुडविल बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधि वीच छलफल भएको थियो ।

Leave a Reply