ज्योतिपुञ्ज साकोस नेफ्स्कूनको प्रोबेशन कार्यक्रममा आबद्ध

काठमाडौं नयाँ बानेश्वर मुख्य कार्यालय तथा ललितपुरको कुमारीपाटीमा आफ्नै भवनमा र काठमाडौंको कागेश्वरी मनोहराा नगरपालिका -९, वीरेन्द्रचोकमा सदस्य सेवा केन्द्र सञ्चालन गरिरहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)ले सञ्चालन गरिरहेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएको छ । सो सम्बन्धी हिजो नेफ्स्कून केन्द्रीय कार्यालय , नयाँ बानेश्वर, काठमाडौंमा प्रोबेसन कार्यक्रम सम्झौता सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेफ्स्कूनका का.मु. प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिना, बरिष्ठ अधिकृत भरत न्यौपाने तथा कार्यक्रम अधिकृत कोमलराज अधिकारी तथा ज्योतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्की र प्रबन्धक रञ्जु कार्की उपस्थित रहेको थियो ।
नेफ्स्कूनले सदस्य संस्थाहरुको गुणस्तर सुनिश्चितताको लागि सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रोबेसनमा सहभागिताले संस्थालाई सबल, दिगो, विश्वसनीय र सदस्य मैत्रीका साथै वित्तीय रुपमा सक्षम बनाउने भन्दै नेफ्स्कूनका का.मु. प्रमुख कार्यकारी अधिकृत एवम् प्रशासन प्रमुखले ज्योतिपुञ्ज साकोसलाई यथाशक्य ब्राण्ड दिलाउन लागिपनुपर्नेमा जोड दिनुभयो । प्रोबेसन कार्यक्रममा सहभागितालाई ज्योतिपुञ्ज साकोसले अवसर र चुनौती दुबैका रुपमा लिएको सो संस्थाकावराज अध्यक्ष नवराज कार्कीले बताउनुभयो । काठमाडौं , ललितपुर र भक्तपुर कार्यक्षेत्र रहेको उक्त संस्थामा रु.९ करोड २७ लाख चुक्ता पूँजी र रु.१ अर्ब ६५ करोड कूल कारोवार रहेको त्यसै संस्थाका अध्यक्ष कार्कीको भनाई छ ।
(साकोस आवाजको सहयोगमा ।)