श्री नमुना महिला विकास साकोसको आयोजनमा रक्तदान तथा सदस्य सम्मान कार्यक्रम सम्पन्न

आफ्नो १५औ स्थापना दिवस तथा ६४औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीको सेमलारमा आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको श्री नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आज रक्तदान तथा सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको छ। त्यसै संस्थाकी अध्यक्ष थमाकुमारी अधिकारीको अध्यक्षता , लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्यता र रक्त सञ्चार केन्द्र ,भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न त्यस कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । सोही संस्थाकी व्यवस्थापक मन्जु गोदारले सञ्चालन गर्नु भएको कार्यक्रममा उक्त संस्थाकी उपाध्यक्ष जमुना उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । आफ्ना शेयर सदस्यहरु वीच बचत तथा ऋण कारोवार गरिरहेको सो संस्थाले समय-समयमा विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।