आज ६४औं राष्ट्रिय सहकारी दिवस मनाइदै

0 Shares

वि.सं.२०१३ चैत्र २० गते बखान सिंह गुरुङको नेतृत्वमा चितवनमा बखान सहकारी संस्था लि. स्थापना भएको ६४ वर्ष पुरा भएको छ । सो संस्था स्थापना भएसँगै नेपालमा आधुनिक सहकारीको आरम्भ भएको मानिन्छ । उक्त संस्था स्थापना भएको दिनको सम्झनामा आज ६४औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोभिड-१९ को त्रासका कारण यस वर्ष पनि ठूला कार्यक्रम आयोजना नभएपनि गोष्ठि , अन्तर्क्रिया  ,सरसफाई , रक्तदान , स्वास्थ्य शिवीर , दीप प्रज्वलन , अनाथ आश्रमहरुमा फलफुल तथा खाद्यान्न वितरण जस्ता विभिन्न कार्यक्रम गरी सहकारी क्षेत्रसँग सम्बद्ध सबैले एक अर्कामा शुभकामना आदान-प्रदान गरी मनाउदै छन् । राष्ट्रिय सहकारी महासंघ लि.नेपालले तय गरेको ‘मर्मादित व्यवसाय र प्रविधिमा सहकारीमा‘ भन्ने ६४औं राष्ट्रिय सहकारी दिवसको नारालाई व्यवहारमा कसरी सार्थक बनाउन सकिन्छ भनेर सहकारी क्षेत्रमा विचार विमर्श भइरहेको छ ।

६४औं राष्ट्रिय सहकारी दिवसको पावन अवसरमा सहकारी क्षैत्रमा सम्बद्ध सबैमा सहकारी सञ्जाल परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

 

Leave a Reply