सहकारी ऐन कार्यान्वयनमा आउनु पर्दछ

– बाबुराम घिमिरे , अध्यक्ष , सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
हामीले स्थानीय पालिकाहरुसँग समन्वय गरेर विभिन्न कार्यक्रम गरी ६४औं राष्ट्रीय सहकारी दिवस मनाउदै छौं । चेत २० गते हरिवनमा रक्तदान कार्यक्रम गरियो भने त्यसै दिन बागमती नगरपालिकामा सूर्योदय साकोस, मितेरी साकोस र सप्तरङ्गी साकोस वीच एकीकरण गरी तिनीहरुको एकीकृत साधारणसभा गरियो । मलङ्गवा नगरपालिका र सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले मिलेर कार्यक्रम गरियो भने लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकामा ६४औं राष्ट्रिय सहकारी दिवसको नारा ‘ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ विषयक अन्तर्क्रिया गरियो ।
सहकारी अनुगमनको पाटो एकदमै फितलो भएकोले सहकारीले सर्वसाधारण जनतालाई जुन स्तरको सेवा प्रवाह गर्नु पर्थ्यो , त्यो अवस्था बनेको छैन । त्यो अवस्था बनाउन ६४औं राष्ट्रिय सहकारी दिवसले उत्प्रेरणा प्रदान गर्न सकोस् किनभने ६४औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” बनेेेको छ । यो नारा व्यवहारमा कार्यान्वयन होस् ।
सहकारु ऐन कार्यान्वयन हुन सकेन । अन्तिम समयमा आएर सारकारका साथै सहकारी अभियानले पनि यस ऐनको कार्यान्वयनमा चासो देखाएन । यो ऐन कार्यान्वयनमा आउनु पर्दछ ।
सुशासनको दृष्टिकोण , सहकारी मुल्य , मान्यता र सिद्धान्तलाई आधार बनाउदा सर्लाही जिल्लाको सहकारी अभियान प्रदेश नं.२ मा नै अग्रस्थानमा रहेको छ । यसलाई अझै राम्रो बनाउन हामी लागिरहेका छौं ।