सरकारले ग-यो आफैले जारी गरेको निर्देशन उलङ्गन, धरान , दमक लगायतका स्थानका कलेज र विद्यालय सञ्चालनमा

कोरोना बढेको भन्दै नेपाल सरकारले आफैले हिजो जारी गरेको निर्देशन अबज्ञा गरी आज बालुवाटारमा बृहत भेला आयोजना गरी चितवनको अयोध्यापुरीमा थपना गर्ने गरी राम , सीता , लक्ष्मण र हनुमानको मूर्ति हस्तान्तरण गरिएको जानकारी प्राप्त भएको छ । त्यस अवसरमा ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको जनाइएको छ । आजबाट लागू हुने गरी देशभरका १९ जिल्लाका काठमाडौंं, ललितपुर , पोखरा , भरतपुर , वीरगञ्ज र विरानगर महानगरपालिका , बुटवल , जनकपुर , नेपालगञ्ज , हेटौंडा ,इटहरी, धरान , घोराही र तुलसीपुर उप-महानगरपालिका , मेचीनगर , बिर्तामोड , दमक , राजविराज , धुलिखेल , बनेपा , भक्तपुर , मध्यपुर थिमि , सूर्यविनायक , चाँगुनारायण , शंखरापुर , कागेश्वरी मनोहरा , गोकर्णेश्वर, बुढानिलकण्ठ , टोखा , तारेकेश्वर , नागार्जुन , चन्द्रागिरि , कीर्तिपुर , दक्षिणकाली , गोदावारी , महालक्ष्मी , सिद्धार्थनगर , वीरेन्द्रनगर , धनगढी र भीमदत्त नगरपालिकाका स्कूल तथा कलैजहरू मार्फत पठनपाठन गर्ने गरी यही बैशाख मसान्तसम्म बिदा गर्ने निर्णय गरेको थियो भने जन्ती , मलामी र राजनीतिक कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाउने , ५ जना भन्दा बढी भेला हुन नपाउने , सार्वजनिक यातायातका साधनमा सिटमाभन्दा बढी यात्री राखेर यात्रा गर्न नपाउने , माक्स नलगाई सार्वजनिक कार्यालय जान रोक लगाउनुका साथै यातायातका साधनमा यात्रा गर्न नपाउनेे, रात्रीकालीन व्यवसाय बन्द गर्ने , सिनेमा हल , क्याटरिङ्ग सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । सरकारको निर्देशन विपरीत ५०० वटा भन्दा बढी गाडी आज चितवन लागेको बताइएको छ । चितवनको अयोध्यापुरीमा राम , सीता , लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्ने भन्दै ठूलै हल्लाखल्ला मच्चाइएको छ । त्यसले चितवनको पर्यटन प्रवर्द्धनका लागि फाइदा गर्ला तर चितवनको अयोध्यापुरी पुरानो रामायण महाकाव्यमा उल्लेखित राम लक्ष्मण जन्मेको भनिएको अयोध्या हो कि होइन भन्ने कुरा पुरातात्विक अध्ययन अनुसन्धान भए पछि मात्रै भन्न सकिने र सरकारको यो कार्यले नेपाल-भारत सम्बन्धमा कुनै फरक पर्दैन किनभने पूर्वी नेपालको ताप्लैजुङमा रहेको पवित्र तिर्थस्थल पाथिभराको नाममा इलामको हर्के , धनकुटाको भेडेटार लगायतका स्थानमा मन्दिर बनाएर मानिसहरुले पुजाआजा गरिरहेका छन् तर त्यसले ताप्लेजुङको पाथिभरालाई केही फरक परेको छैन , त्यसलाई बुझेर प्रविधिमन्त्री ओलीले के न गर्न लागेको भनेर मानिसहरुलाई उल्लु बनाउन खोजेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्कीको भनाई छ ।
यता आज उपत्यकाका शक्तिपीठहरुमा दर्शन गर्नेको भिड देखिन्थ्यो । त्यस्तै आज दिउसोबाट नागको प्रतिमूर्ति मानिने सेतो मच्छिन्द्रनाथको रथ तान्न थालिएको छ ।
उता आज दमक , धरान लगायतका स्थानकास्कूल , कलेजमा भने नियमित पठनपाठन भएको जानकारी प्राप्त भएको छ ।