निशेधाज्ञाले जनजीवन प्रभावित , सहकारी क्षेत्रमा पनि प-यो असर

0 Shares

कोरोना संक्रमण बढेको भन्दै काठमाडौं उपत्यका सहित देशका ४२ वटा जिल्लामा निशेधाज्ञा जारी गरिएको छ ।  यसले जनजीवन प्रभावित भएको छ । यसले कोरोना संक्रमित हुनेको संख्या भने घट्नुको साटो बढिरहेको बताइएको छ । निशेधाज्ञाले हुँदा खाने अवस्थाका श्रमिकहरुलाई समस्या बनाउदै लगेको छ भने विकास निर्माण लगायतका अधिकांश परियोजनाको काम रोकिएको छ ।

निशेधाज्ञाको असर सहकारी क्षेत्रमा पनि परेको देखिएको छ । ‘कोरोनाको कारण अस्तव्यस्त भएको सहकारी क्षेत्र बल्लतल्ल सामान्य अवस्थामा फर्किदै थियो ,फेरि निशेधाज्ञा गरिएपछि यसले पुन: सहकारी क्षेत्र समस्यामा पर्ने भो’ ललितपुरको बालकुमारीस्थित यति बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष श्याम बस्ताकोटी बताउनुहुन्छ । अरु सहकारी अभियानकर्मीहरु पनि यही चिन्तामा देखिएका छन् । यसले सहकारी क्षेत्रका साथै यातायात क्षेत्र , होटल व्यवसाय , चलचित्रक्षेत्र लगायतका आर्थिक क्षेत्र मारमा परेको देखिदै छ ।

निशेधाज्ञाले घरमा थुनिएर बसिरहनु पर्दा दैनिक उपभोग्य कतिपय बस्तुमा भाउ बढ्दा नागरिकहरुमा असन्तुष्टि छाएको पाइएको छ । बजारमा अक्सिजन लगायतका सामाग्रीको कृतिम अभाव सिर्जना हुँदा पनि सरकार भने मौन देखिएको छ ।

यता कतिफय मानिसहरु भने कोरोना फैलिएको भनेर मान्ने पक्षमा देखिदैनन् । उनीहरु मौसम परिवर्तन , वायु प्रदुषण लगायतका कारणले मानिसहरु विरामी भएका हुन् , त्यसलाई राज्य र सञ्चार माध्यम लगायतले अतिरञ्जित गरिरहेको बताउछन् ।

जेसुकै कारणले भएपनि मानिसहरु विरामी भएका छन् ।  राम्रो उपचार गरी उनीहरुलाई स्वस्थ बनाउनु र कोरोनाले असर पारेको अर्थतन्त्रलाई सवल बनाउन विशेष योजना बनाएर अगाडि बढ्नु राज्यको कर्तव्य भएको नागरिकहरु बताउछन् ।

Leave a Reply