अन्तरक्रिया कार्यक्रम गरी भक्तपुर जिल्ला बचत संघको १७औं स्थापना दिवस सम्पन्न

0 Shares

-इश्वर ढुंगेल

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १७ औं स्थापना दिवसको उपलक्ष्यमा “प्रदेश सहकारी नियमावली , २०७६ तथा मापदण्ड ,२०७७” विषयक अन्तरक्रिया कार्यक्रम अभौतिक रुपमा जुम प्रविधिमार्फत २०७८ बैशाख २१ गते सम्पन्न भयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै हालको विषम परिस्थितिमा जीवन रक्षालाई प्राथमिकता साथ अगाडि बढाउन सम्पूर्ण सहकारीकर्मीहरुलाई अनुरोध गर्नुभयो । उहाँले संघीय ऐन र नियमावलीका सहकारी मैत्री नभएका अव्यवहारिक बुँदा शंसोधनका लागि पहल गर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्यालले हालको विषम परिस्थितीसँग सामना घर्न शक्ति विकास गर्न सञ्जाल व्यवस्थापनलाई जोड दिई शेयर एण्ड पुल नेटवर्कको अवधारणको विकास गर्नुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले नवीनतम इन्टिग्रेटेट प्रविधिबाट मात्र सहकारी दिगो हुने विचार व्यक्त गर्दै सहकारी प्रविधिमैत्री हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटाले शुभकामना व्यक्त मन्तव्य गर्दै संघीय र प्रदेश सहकारी ऐन कानुनमा बाझिएका बुँदाहरु संशोधनका लागि पहल गर्ने विचार राख्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ष्णगोविन्द लाखाजुले त्यस कार्यक्रमको अध्यक्षता गर्दै प्रदेश नियमावलीको प्रस्तुतीकरण गर्नुका साथै संघीय नियमावली र प्रदेश नियमावलीको फरक बुदाँहरुको चर्चा गर्दै यसरी बाझिएका र अव्यवहारिक कानुनहरुको सुधारका लागि सम्बन्धित सरोकारवाला पक्षको ध्यान आर्कषण गर्दे आएकोो बताउनुभयो । उहाँले सहकारी मर्यादित व्यवसाय हुँदाहुँदै पनि अमार्यदित गतिविधिले प्रहय पाएकोमा चिन्ता व्यक्त गर्दै अमर्यादित ढंगबाट सञ्चालित सहकारी संस्थाहरुलाई मर्यादित बनाउन ऐन बमोजिम कार्वाही गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस अवसरमा जिल्ला सहकारी संघ लि., भक्तपुुरका उपाध्यक्ष कुष्णबहादर घजुलेे भक्तपुुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.को स्थापना दिवसको चर्चा गर्दे सहकारीका सदस्य र सम्भाव्य सदस्यलाई शिक्षा तथा तालिम दिई सहकारी अभियानलाई शुद्धिकरण गर्न यो संघले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताउनुभयो । सोही अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले विषम परिस्थितिमा पनि यस संघले समय सुहाँउदो कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै देशमा संघीयता लागू भएसँगै सहकारीमा ऐन कानुनहरु बन्नु स्वभाविक भएपनि तिनमा एकरुपता नहुँदा जटिलता थपेको विचार व्यक्त गर्नु भयो । उहाँले सहकारीले सदस्यलाई ऋण मात्र दिने होइन व्यवसाय गर्न पनि सिकाउनुपर्ने दायित्व रहेकोले ऐनमा रहेको विशिष्टिकृत संघका व्यवस्थालाई कार्यान्वयमा ल्याउनुपर्ने विचार व्यक्त गनुभयो । उक्त संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारी ऐन कानुन र मापदण्ड बन्ने तर त्यसको कार्यान्वयनको अनुगमन नहुँदा कानुन किताबमा मात्र सिमित हुने भएकोले अनुगमन गरी कार्वाही समेत गर्नु पर्ने खाँचो औंल्याउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा धनुषा जिल्ला बचत तथा ऋण हहकारी संघ लि.का अध्यक्ष ध्रुवनारायण यादव र मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की अध्यक्ष कल्पना श्रेष्ठले पनि शुभकाना मन्तव्य गर्नु भएको थियो ।

सदस्य संस्थाहरुसँग अन्तरक्रिया समेत गरी सम्पन्न सो कार्यक्रमको सञ्चालन त्यसै संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । कार्यक्रममा सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले त्यस संघको परिचय र प्रदेश सरकारले जारी मापदण्डको प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा उक्त संघका सदस्य संस्थाहरुबाट प्रत्यक्ष रुपमा ९३ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply