संयुक्त सरकारको प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरुलाई राष्ट्रपति कार्यालयको आह्वान

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधिसभामाबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढेको छ । संयुक्त सरकार निर्माणको लागि राष्ट्रपति कार्यालयले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त प्रतिनिधिसभा सदस्यलाई २०७८ बैशाख ३० गते बिहीबार साँझ ९ बजेसम्म दावी पेश गर्न आह्वान गरेको छ ।
यदी सो समय सीमाभित्र संयुक्त सरकार बन्न सक्ने अवस्था नबनेमा काम चलाउ सरकारको प्रधानमन्त्रीको अवस्थामा रहेका नेकपा(एमाले) का संसदीय दलका नेता खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गर्नु हुनेछ । यद्यपि , यतिबेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत भइरहेको छ । त्यसले मूर्त रुप लिन्छ या लिदैन , त्यो त आउने दिनमा देखिएला ।