मदन-आश्रितको हत्या भएको २८ वर्ष पूरा , हत्याराको लागेन आझै पत्ता

0 Shares

नेकपा(एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवनराज आश्रितको चितवनको दासढुङ्गामा हत्या भएको २८ वर्ष पूरा भएको छ तर यस बेलासम्म हत्याराको भने पत्ता लाग्न सकेको छैन । २०४९ साल माघमा सम्पन्न नेकपा (एमाले)को एकताको पाँचौं महाधिवेशनबाट पारित भएको मदन भण्डारीको बहुदलीय जनवादको कार्यक्रमलाई सो दलले मार्गदशक सिद्धान्त मान्दै आएको छ । उक्त दलले बहुदलीय जनवाद अगाडि जनताको शब्द थपेको थियो । त्यही दलका नेताहरु मनमोहन अधिकारी , माधवकुमार नेपाल , झलनाथ खनाल र खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री र मदनकै पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा पनि यसबेला सम्म उहाँहरुको हत्याराको पत्ता लाग्न सकेन । माधवकुमार नेपालले त आफू प्रधानमन्त्री पदबाट हटेको केही समयपछि एउटा पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा  म प्रधानमन्त्री भएको बेलामा आफूलाई मदन-आश्रितको हत्यारा पत्ता लगाउनु परो भनेर कसैले नसम्झाएको अभिव्यक्ति दिनु भएको थियो । सो हत्याकाण्डका प्रत्यक्ष साक्षीी यतिबेला कोही जीवित देखिएका छैनन् भने घटनास्थलमा पनि नेताद्वयको शालिक बनाउने क्रममा प्रमाण नष्ट भएको छ ।

२०५० साल जेठ ३ गते साँझ पोखराबाट भरतपुर जाने क्रममा नेताद्वयको हत्या भएको थियो । दासढुङ्गामा उहाँहरु सवार जीप त्रिसुलीमा खसेपनि त्यो जीपमा जीवराज आश्रित मात्रै मृत अवस्थामा भेटिनु भएको थियो तर मदन भण्डारी नारायणी पुलमुनि भित्री कपडा मात्रै लगाएको अवस्थामा भेटिनु भएको थियो । त्यो घटनालाई एकथरीले दुर्घटना भने पनि सोही दलका नेता कार्यकर्ताहरु लगायत भने दुर्घटना नभई हत्या नै भएको बताइरहेका छन् । उक्त दलले आफ्ना नेताद्वयको हत्यारा पत्ता लगाउनु पर्ने माग गरी सडक संघर्ष नै गरेको थियो । ‘सरकारमा पुगेपछि भने त्यस दलका नेताहरुले न त भण्डारी र आश्रितको हत्यारा नै पत्ता लगाएको देखिन्छ , न त मदन भण्डारीले बाचुञ्जेल अगाडि बढाएको राष्ट्रियताको विषय , अग्रगमन र जनजीविका सम्बन्धी सवाल निरन्तरता दिएको नै देखिन्छ’, कतिपय मानिसहरु बताउछन् । । यतिबेला दिवंगत नेता भण्डारीको परिवारको जीवन सुखद भएपनि आश्रितको परिवारको जीवन भने खासै सुखद देखिदैन ।

 

 

Leave a Reply