सप्तकोशी नगरपालिकाकी उप-मेयर चौधरीको निधनको शोकमा सप्तरीीका सबै स्थानीय तह बन्द

सप्तरीको सप्तकोशी नगरपिलाकाकी उप-मेयर आशा चौधरीको दु:खद निधनप्रति सप्तरीका स्थानीय तहहरुले शोक व्यक्त गरेका छन् । उप-मेयर चौधरीको निधनको शोकमा सप्तरी जिल्लाका सबै स्थानीय तहले आज आफ्नो कामकाज बन्द गरे । उहाँको स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । त्यहीं उपचारका क्रमम उहाँको हिजो विहान निधन भएको भयो ।