भक्तपुर जिल्ला बचत संघको आयोजनामा १ हप्ते एड्भान्स एक्सेल तालिम शुरु

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा आजदेखििअनलाइन एक हप्ते एड्भान्स एक्सेल तालिम शुरु भयो । सो संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले उक्त तालिमको शुभारम्भ गर्दै कोभिड-१९ को महामारीको रोकथाममा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकारीले स्थानीय सरकारहरुलाई सहयोग जुटाउने र घरमा बस्दा समयको सदुपयोग हुने तालिम दिएको बताउनुभयो । उहाँले ‘यस विषम परिस्थितिमा सदस्यहरुको स्वास्थ्य सचेता र हेरचाहको लागि सहकारी संस्थाले निरन्तर साथ सहयोगको भूमिका खेल्नुपर्ने खाँचो औंल्याउदै यस संघले तालिम शिक्षालाई प्राविधिमार्फत निरन्तरता दिइरहेको छ’ भन्नुभयो । अध्यक्ष लाखाजुले प्रविधिको प्रयोगबाट हुने प्राविधिक तालिमले व्यक्तिको क्षमता अभिबृद्धिसँगै सहकारीको कार्यक्षमतामा वृद्धि हुनेेे विचार व्यक्त गर्नुभयो । त्यसैगरी उक्त संघका सचिव एवंं संस्थागत विकास उप-समितिका संयोजक जगनाथ प्रजापतिले तालिमको संयोजन गर्दै संघको बार्षिक कार्यक्रम अन्तर्गत रहेको एड्भान्स एक्सेल तालिम संस्थाहरुमा कार्यरत कर्मचारीहरुको कार्य दक्षता अभिवृद्धि गर्न सञ्चालन गर्दै आएको बताउनुभयो । त्यस अवसरमा सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रमको सञ्चालन गर्दै सहभागीहरुलाई स्वागत गर्नुभयो । उहाँले तालिम पूर्णतया अभ्यासमा आधारित भएकोले व्यक्तिगत ज्ञान, सीप र कार्यक्षमतामा बृद्धि भई संस्थाको कार्य कुशलतामा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । सहजकर्ता विश्वराम मचामसीले सहजिकरण गरेको सो तालिममा १९ जनाको सहभागिता रहेको छ ।