निशेधाज्ञाको समयमा पनि सेवा प्रवाह गर्दै कुशल मंगल बहुउद्देश्यीय सहकारी संस्था लि.

0 Shares

कोरोना महामारी नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय , काठमाडौंले गत बैशाख १६ देखि यही जेठ १३ गतेसम्म जारी गरेको निशेधाज्ञालाई पालना गर्दै काठमाडौं महानगरपालिका-१३, कालीमाटी चोकमा प्रधान कार्यालय तथा काठमाडौंको भोटाहिटीमा सदस्य सेवाकेन्द्र र गोठाटारमा सम्पर्क कार्यालय सञ्चालन गरिरहेको कुशल मंगल बहुउद्देश्यीय सहकारी संस्था लि.ले सिमित कर्मचारीबाट आफ्ना शेयर सदस्यहरुलाई प्रधान कार्यालय र सदस्य सेवाकेन्द्र भोटाहिटीबाट बिदाको दिन बाहेक दैनिक बिहान १०:०० देखि दिउसो २:०० बजेसम्म सेवा प्रवाह गरिरहेको र सदस्यले संस्थाबाट एक पटकमा रु.२५,००० सम्म रकम झिक्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ‌। धेरै नै गारो परेका तर संस्थाको कार्यलयमा उपस्थित हुन नसक्ने सदस्यहरुका लागि उहाँहरुको घरमै रकम पु-याउने ब्यवस्था पनि गरिएको बताइएको छ । कोरोना माहामारी झन- झन बढदै गएकोले अब संस्थाको सेवा प्रवाहको समय परिवर्तन गर्ने बारेमा छलफल भइरहेको सोही संस्थाका ब्यवस्थापकले जानकारी गराउनुभयो ।

समाजमा छरिएर  रहेको स-सानो पूँजीलाई संकलन गरी त्यसलाई उचित व्याजदरमा आफ्ना शेयर सदस्यहरुलाई सरल र सहज रुपमा कर्जा प्रवाह गरी आर्थिक तथा सामाजिक रुपमा आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्न तथा घरेलु , लघु , साना र मझौला उद्योग तथा व्यवसायको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहकारी ऐन २०४८ अन्तर्गत तत्कालीन डिभिजन सहकारी कार्यालय, काठमाडौंमा २०७२ फागुन १५ गते विधिवत रुपमा दर्ता भएर सो संस्था सञ्चालनमा आएको थियो । स्थापना भएको छोटो समय उल्लेख्य प्रगति गरेको त्यस संस्थामा चुक्ता पूँजी रु.१ करोड र अधिकृत रु.५ करोड रहेको र शेयर पूँजी र कारोवार बृद्धि गर्दै लैजाने गरी कार्य भइरहेको जनाइएको छ ।

त्यस संस्थाले अनुभवी र दक्ष कर्मचारीहरुबाट संस्थाको कारोबार सञ्चालन गर्दै विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै शून्य बचत , साधारण बचत , सवल बचत , विशेष बचत , बाल बचत , नारी बचत , जेष्ठ नागरिक बचत (५८ वर्ष नाघेका जेष्ठ नागरिकका लागि ) , व्यवसायिक बचत , सुनौलो बचत र कुशल मंगल बचत तथा ई- सेवा (e-sewa) का साथै Prabhu money Transfar, Himal Remit , Easylink Remit , Money gram Remit , Western union , Reliable Remit र Best Remit सञ्चालन गरिरहेको छ ।

Leave a Reply