देउवाको नेतृत्वमा नयाँ सरकार गठनको दावी गर्न विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालयमा
नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी गर्न प्रतिनिधिसभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित विपक्षी गठबन्धनका नेताहरु केही बेर अगाडि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेस , नेकपा (माओवादी केन्द्र) , नेकपा (एमाले) को झलनाथ-माधव पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र-डा.बाबुराम पक्षका १४९ जना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको लागि आज अपरान्ह ५ बजे सम्मको समयसीमा प्रदान गर्नु भएको थियो ।
