प्रधानमन्त्रीको दावी प्रस्तुत गर्ने बारे राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान , २०७२ को धारा ७६ को उप-धारा ५ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन सक्ने गरी सरकारको दावी पेश गर्न आज साँझ ५ बजेसम्मको समय सीमा निर्धारण गरी सांसदहरुलाई आग्रह गर्नु भएको छ । मन्त्रीपरिषदको सिफारिसमा सो आग्रह गरिएको बताइएको छ ।
एउटा सरकार बहाल रहेको अवस्थामा राष्ट्रपतिले गरेको यो आग्रहलाई धेरैले दृष्टि विहीन व्यक्तिले हात्ती छामे जस्तो कार्य भनेर हासीमजाक गरेका छन् । नयाँ सरकार गठनको लागि बहालवाला प्रधानमन्त्रीको राजिनामा वा मृत्यु वा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेमा या सरकारको नीति तथा कार्यक्रम या बजेट पारित हुन नसकेर राजिनामा दिनु परेको अवस्थामा र प्रधानमन्त्रीले आचरण विपरीत कार्य गरी निज प्रधानमन्त्रीको पदबाट मुक्त भई प्रधानमन्त्री पद रिक्त भएको आदि जस्तो अवस्था भएमा मात्रै नयाँ सरकार गठनको बाटो खुल्छ तर अहिले त्यस्तो अवस्था देखिदैन । संविधान तथा कानूनका कतिपय ज्ञाताहरु भने संविधानको धारा ७६(३ र ४) को प्रयोग विफल भएपछि मात्रै प्रतिनिधिसभाबाट मात्र संविधानको धारा ७६(५) को प्रयोग सकिने अवस्था रहने सक्ने बताउछन् ।
संविधान अनुसार सरकार बहाल रहेको अवस्था र संविधानमा जेठ १५ गतेभित्र संसदमा बजेट पेश गरी सक्नु प्रावधान भएकोले संसदको वर्षे अधिवेशन आह्वान गर्नु पर्नेमा त्यसो नगरी राष्ट्रपतिले प्रधानमन्त्री दावी पेश गर्न समयसीमा तोक्ने कार्यलाई राष्ट्रपतिको उल्टो हिडाई भनेर विरोध गरिएको देखिएको छ ।
