कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि चुनाव हुने

राप्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सांसदद्वय खड्गप्रसाद शर्मा ओली र शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि गरेको दावी प्रक्रिया सम्मत नभएको भन्दै त्यसलाई अस्वीकार गर्नुभयो र गएको मध्यराती मन्त्रीपरिषदको सिफारिसमा संविधानको धारा ७६(७) अनुरुप प्रतिनिधिसभा पुन: बिघटन गरी २०७८ कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको मिति घोषणा गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका समर्थकले समर्थन गरेपनि विपक्षी गठबन्धनका नेताहरुले भने आपत्ती प्रकट गरेको देखिएको छ ।