नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सांसद नरेन्द्र बस्नेतको निधन

0 Shares

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व सांसद नरेन्द्र बस्नेतको आज विहान ३:३० बजे ७१ वर्षको उमेरमा धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको जानकारी प्राप्त भएको छ । नेकपा(माले) हुदै नेकपा(एमाले)का नेता बन्नुभएका बस्नेत २०४८ सालको संसदीय निर्वाचनमा सोही दलको तर्फबाट भोजपुर क्षेत्र नं.१ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो । भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको श्री अरुण मा.वि.मा लामो समय प्रधानाध्यापक रहनु भएका बस्नेत पूर्वी नेपालमा निष्ठावान कम्युनिष्ट नेताको रुपमा परिचित हुनुहुन्छ ।

२०४९ सालमा सम्पन्न नेकपा(एमाले) को एकताको पाँचौँ महाधिवेशनमा बहुदलीय जनवादको विपक्षमा रहनु भएका बस्नेत २०५४ सालमा नेकपा(एमाले) विभाजन हुँदा नेकपा(माले) को भोजपुर जिल्ला कमिटी सचिव हुनुहुन्थ्यो । २०५८ सालमा नेकपा(माले) को बामदेव गौतम पक्ष नेकपा(एमाले) मा फर्केपनि बस्नेतले भने सीपी मैनाली नेतृत्वको नेकपा(माले) को केन्द्रीय समितिमा रहेर कार्य गर्नुभएको थियो । २०६३ सालमा संविधानसभा र राजतन्त्रको विषयमा उक्त दल भित्र विवाद हुँदा नेता बस्नेत संविधानसभा र गणतन्त्रको पक्षमा उभिएका ऋषि कट्टेलको पक्षमा हुनुहुन्थ्यो ‌‌। त्यही कारण नेकपा(माले) विभाजन भएर कट्टेल नेतृत्वमा नेकपा(माले) बन्दा पनि उहाँ त्यहीँ हुनुहुन्थ्यो । सोही वर्ष कट्टेल नेतृत्वको नेकपा(माले) को अरु २ वटा कम्युनिष्ट पार्टी वीच एकता भई नेकपा(एकीकृत) बन्दा उहाँ त्यस दलको केन्द्रीय समितिमा हुनुहुन्थ्यो । सो दलभित्रको गुटबन्दी लगायतका विषयका कारण असन्तुष्ट बनेपछि स्वतन्त्र वामपन्थीको रुपमा रहनु भएका बस्नेत २०७७ फागुनको अन्तिम साताबाट नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं.१ को अध्यक्षको जिम्मेवारीमा रहेर कार्य गर्दै आउनु भएको थियो । भोजपुरको दिङ्ला निवासी उहाँ पछिल्लो समय मोरङको खोर्सानेमा परिवारसँग बसोबास गर्दै आउनु भएको थियो । उहाँका श्रीमती र २ छोरा हुनुहुन्छ ।

उहाँको असामयिक निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले शोक व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड नरेन्द्र बस्नेतको असामयिक दु:खद निधनको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ । उहाँले आफ्नो पार्टीका निष्ठावान र पाका नेताको रुपमा रहनु भएका कमरेड नरेन्द्र बस्नेतको निधनबाट नेपाल कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको छ भन्दै उहाँप्रति गहिरो शोक प्रकट गर्नुका साथै शोकाकुल परिवारजन र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमा समवेदना व्यक्त गर्नु भएको छ ।

राष्ट्रपतिको कदमप्रति नेकपाको ध्यानकर्षण

नेेेेपाल कम्युनिष्ट पार्टीले  २०७८ जेठ ७ गते राति राष्ट्रपति  विद्यादेवी भण्डारीबाट मौजुदा प्रतिनिधी सभा पुनःविघटन भएको घटनाप्रति आफ्नो ध्यान गम्भीर रुपमा आकर्षित भएको जनाएको छ । यही जेठ ८ गते सो पार्टीका अध्यक्ष ऋषि कट्टेलद्वारा उक्त पार्टीको केन्द्रीय कार्यालयको तर्फवाट जारी गरिएको प्रेस विज्ञप्ति मा निम्न विषय उल्लेख छ ।

१) संविधान सभा को निर्वाचन,संविधान सभावाट जारी भएको संविधान,त्यस अनुसार भएको निर्वाचन र झण्डै दुई तिहाई वहुमत भएको सरकारले पनि देशको सामू विद्यमान संकटको समाधान दिन नसकी, संसदवादीहरु बीचको आन्तरिक झगडाका कारण, संसद रहदा पनि क्रियाशील नहुनु र पटक- पटक विघटन हुनु केवल संसदवादी दलहरुको अयोग्यताको कारण मात्र नभई सिङ्गो संविधान र संसदीय व्यवस्थाको असफताको द्योतक हो । साथै वर्तमान दलाल नोकरशाही तथा सामन्ती राज्य सत्ता र नेपाली जनता बीच चलिरहेको अन्तर विरोधको प्रकटी रुप हो ।
२) राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत देशको हर क्षेत्रमा विद्यमान संकटको निकास वर्तमान सत्ता र यसअन्तरगत हुने संसदीय वा अन्य चुनावहरुले दिन सक्दैन भन्नेकुरा यस घटनाले पुनर्पुष्टि गरेको छ ।
३) विद्यमान राजनीतिक संकटको निकासको लागि (१) शान्तिपूर्ण निकासको लागि २००७, २०४७ तथा २०६३का आन्दोलनमा संलग्न राजनीतिक शक्तिहरुको राजनीतिक समीक्षा सभा,प्रगतिशील वैकल्पिक सरकार ,वर्तमान राज्यसत्ताको विघटन र जनताको नयाँ जनवादी गणतन्त्रको स्थापना वा (२) अन्यथा आम उत्पीडित वर्ग समुदाय ,क्रान्तिकारी देशभक्त ,प्रतिशील तथा आम सामन्तवाद साम्राज्यवाद विरोधी शक्तिहरुको संयुक्त जनक्रान्ति द्वारा वर्तमान राज्यसत्ताको विस्थापन र जनताको नयाँ जनगणतन्त्रको स्थपना हो भन्ने पार्टीकोो निश्कर्ष रहेको छ ।

(४) तसर्थ: यदी सत्ता शान्तिपूर्ण विकल्पको पक्षमा तयार हुदैन भने संसदवादीहरुको कथित निर्वाचन वा संसदपुनर्स्थानाको भद्दा प्रहसनमा नअल्झी संपूर्ण क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध भएर संयुक्त जनक्रान्तिको दिशामा अघि बढ्न नेपाल कम्युनिष्ट पार्टी आग्रह गर्दछ ।

Leave a Reply