पोखरा रोयल साकोस २०औं वर्षमा प्रवेश
पोखरा महानगरपालिका-१०, बुद्धचोकमा आफ्नै भवनमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. आजबाट २०औं वर्षमा प्रवेश गरेको छ । सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गरी अगाडि बढिरहेको सो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको छ । उक्तत संस्था २०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सही संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङ र प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले आज शुभकामना सन्देश व्यक्त गर्दै अध्यारो पछि उज्यालो अवस्य आउछ भन्दै कोरोना महामारीको विषम परिस्थितिमा पनि नआत्तिन सबैमा अनुरोध गर्नु भएको छ ।
