मन्जरी बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा लिसंखु गा.पा.-७ नं. वडा कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

निशेधाज्ञाको समयमा पनि स्वास्थ्य सतर्कता पालना गरी विहान १०:०० बजेदेखि अपरान्ह २:०० बजेसम्म दैनिक रुपमा आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको ललितपुरको सातदोबाटोमा रहेको मन्जरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका वडा नं.७ को वडा कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको जनाएको छ । यही जेठ ८ गते समाजसेवी जगतबहादुर मोक्तान मार्फत प्रदान गरिएको स्वास्थ्य सामाग्रीमा १०० एम.एल.को २०० थान र १० लीटर सेनिटाइजर , ३,००० थान मास्क , १२ थान पीपीई र २०० थान साबुन रहेका सोही संस्थाका व्यवस्थापक गुमबहादुर थापा मगरले सहकारी सञ्जाललाई बताउनुभयो । उक्त वडा कार्यालय मार्फत ती सामाग्री स्थानीयबासीलाई वितरण गरीसकेको बताइएको छ ।


२,००० जना शेयर , रु.३ करोड कूल कारोवार र रु.१ करोड ८० लाख जति कर्जा लगानी रहेको त्यस संस्थामा तरलताको समस्या नरहेको र सो संस्थाले समस्यामा परेका आफ्ना शेयर सदस्यहरुलाई घरैमा पुगेर वित्तीय सेवा प्रवाह समेत गर्ने गरेको जनाइएको छ ।
