प्रतिनिधि सभा बिघटन बदर गर्न माग गर्दै १४६ जना सांसदद्वारा सर्बोच्च अदालतमा रिट दायर

0 Shares

यही जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा बिघटनलाई बदर गर्न माग गर्दै नेपाली काँग्रेस , नेकपा(माओवादी केन्द्र) , नेकपा(एमाले) को झलनाथ-माधव समूह , जनता समाजवादी पार्टीको उपेन्द्र-डा.बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चाका गरी १४६ जना सांसदले आज सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तीमध्ये १३९ जनाले प्रत्यक्ष रुपमा र बाँकी ७ जनाले वारेस मार्फत रिट दायर गरेको बताइएको छ । रिट दायर गर्ने सांसदहरुले रिटमा नेपालको संविधान, २०७२ को धारा ७६(५) अनुसार सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग गरेका छन् । सोही उपधारा अनुसार नेपाली काँग्रेसका सभापति समेत रहेका सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको दावीपत्रमा हस्ताक्षर गरेका नेकपा(एमाले) को झलनाथ-माधव समूहका सांसदत्रय गोकर्ण विष्ट , गणेश पहाडी र पवित्रा निरौला खरेलले भने उक्त रिटमा हस्ताक्षर गर्नु भएको छैन । सोही विषयसँग सम्बन्धित त्यो सहित सर्वोच्च अदालतमा २८ वटा रिट दायर भएको जनाइएको छ ।

यता नेकपा(एमाले) को संस्थापन पक्षको आज बसेको स्थायी समितिको बैठकले नेकपा(एमाले) नेताहरु झलनाथ खनाल , माधवकुमार नेपाल लगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गरेको जनाइएको छ ।

Leave a Reply