हसना भास्तिपुर साकोस १३औं वर्षमा प्रवेश , निशेधाज्ञाको समयाबधिको कर्जाको किस्तामा १० प्रतिशत छुट दिने

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा आफ्नै भवनमा प्रधान कार्यालय रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. आजबाट १३ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा उक्त संस्थाका अध्यक्ष नारायण कृष्ण श्रेष्ठले त्यसै संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उप-समितिहरु , शेयर सदस्यहरु, कर्मचारी तथा सुभेच्छुकहरुमा शुभकामना व्यक्त गर्दै ‘सबैको साथ र सहयोगबाट हाम्रो यो संस्थाले निरन्तर प्रगति गर्न सफल भएको छ , यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्दछु’, भन्नुभयो । उहाँले यस संस्थालाई प्रविधिमैत्री र थप गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने र यसको वित्तीय अवस्था अझै दरिलो बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै यसमा विगतमा झैं सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । त्यस्ते त्यसै संस्थाका प्रबन्ध सञ्चालक सम्पूर्ण महर्जनलेे आउदो असार मसान्त भित्र भुक्तानी गरेमा निशेधाज्ञाको समयावधिको आफ्ना ऋणी सदस्यहरुको कर्जाको किस्तामा १० प्रतिशत छुट दिने बताउनुभएको छ ।

२०६५ जेठ १३ गते स्थापना भएको र स्थानीय समुदायमा आधारित यस संस्थामा हाल ६ हजारभन्दा बढी शेयर सदस्य र रु.१ अर्ब ४५ करोड जति कूल कारोवार रहेको छ । ४ वटा संस्थाहरुसँग एकीकरण गरी सकेको यस संस्थाले प्रधान कार्यालय तथा सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।
