मोवाइल बैंकिङ्ग र सम्पर्क व्यक्ति मार्फत सेवा प्रवाह गर्दै नेजु गुरु साकोस
– इश्वर ढुंगेल
काठमाडौंको भोटाहिटीमा प्रधान कार्यालय रहेको नेजु गुरु बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई आफूले सञ्चालन गरिरहेको मोवाइल बैंकिङ्ग र सम्पर्क व्यक्ति मार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ । सो संस्थाका कार्यकारी प्रमुख रामकृष्ण श्रेष्ठले यस संस्थाको मोवाइल बैकिङ्गको उपयोग नगरेका शेयर सदस्यहरुलाई यो सुविधा उपयोग गर्नपुन: आग्रह गर्नु भएको छ । उहाँँले हाम्रो ‘यो संस्था आफ्ना शेयर सदस्यहरुको सुख दु:खमा साथ रहेको र अति जरुरी समस्या परेमा शेयर सदस्य ज्यूहरको लागि घरदैलो सेवाको व्यवस्था पनि गरिएको छ’ भन्नुभयो ।
कोभिड-१९ संक्रमण बढेसँगै काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्ला निशेधाज्ञा जारी भएसँगैै गत बैशाख १६ गतेदेखि सम्पर्क व्यक्ति र प्रविधि मार्फत सेवा प्रवाह गरिरहेको त्यस संस्थाले रामकृष्ण श्रेष्ठ (सम्पर्क नं. :९८०१८५८८०६) , भूमिका मानान्धर (सम्पर्क नं. : ९८०१८२८४९९) र सुनिता तण्डुकार – (सम्पर्क नं. : ९८०८७५५९५१) लाई सम्पर्क व्यक्ति तोकेको छ ।

