अर्थमन्त्री विष्णु पौडेलद्वारा आर्थिक वर्ष २०७८/०७९ को रु.१६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक
नेपाल सरकारले आर्थिक अध्यादेश मार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको छ । आज अपरान्ह अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को रु.१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गर्नुभयो । यस अगाडि तत्कालीन अर्थ मन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७७/०७८ को रु.१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गर्नु भएको थियो ।
आज सार्वजनिक गरिएको बजेटमा राष्ट्रसेवक कर्मचारीहरुको तलव रु.२,००० बढाउने , नेपाल प्रहरीको राशनमा १५ प्रतिशत बृद्धि गर्ने , विद्यालयका कर्मचारी र वाल विकास शिक्षकको तलव रु.१५,००० पु-याउने , कृषि सहकारीले एउटा ढुवानीको समान खरीद गर्दा भन्सार छुट दिने , सहकारी बैंक तथा सहकार संघ/संस्थाको अग्रिम करकट्टीको भुक्तानी गर्नु पर्ने व्यवस्था खारेज गर्ने तथा राज्यले सहकारीलाई सहुलियत ऋण प्रदान गर्नेे उल्लेख छ ।
उक्त बजेटको सन्दर्भमा मिश्रित प्रतिक्रिया आएको देखिएको छ ।
आज प्रस्तुत बजेटको पूर्ण पाठ यस प्रकार छ ।












































































































