अर्थकवच बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा ९ स्थानमा यात्रुलाई नि:शुल्क सेनिटाइजर सेवा प्रवाह
कोरोना महामारीको विषम परिस्थितिमा पनि आफ्ना शेयर सदस्यहरुलाई अत्यावश्यक सेवा प्रवाह गरिरहेको अर्थकवच बहुउद्देश्यीय सहकारी संस्था लि.ले यात्रुलाई लक्षित गरी कौशलटार , जगाती , सल्लाघारी , मध्यपुर थिमि , गट्ठाघर , राधेराधे , सूर्यविनायक ,जडिबुुटी सहितका ९ स्थानका यात्रुहरु आवतजावत हुने सडकपेटीमा सेन्सरबाट स्वचालित रुपमा चल्ने सेनिटाइजर डिस्पेन्सर मेसिन जडान गरी नि:शुल्क सेनिटाइजर सेवा प्रवाह गरिरहेको जनाएको छ । भक्तपुरको सल्लाघारी चोकमा प्रधान कार्यालय रहेको त्यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सेवा प्रवाह गरिरहेको बताइएको छ । सेवाग्राहीले उक्त मेसिन खुट्टाले थिचेर सेनिटाइजर उपयोग गर्न सकिने व्यवस्था मिलाइएको त्यसैै संस्थाका कार्यकारी अध्यक्ष गंगा बस्नेतको भनाई छ । त्यस संस्थाले जगातीदेखि जडीबुटीसम्मका विभिन्न स्थानमा रहेका प्रहरी पोष्टमा कार्यरत सुरक्षाकर्मीहरुलाई पीपीई(PPE), सेनिटाइजर , पञ्जा र मास्क सहयोग स्वरुप: प्रदान गरेेेेको उहाँले जानकारी दिनुभयो ।
‘हाम्रो यस संस्थाले निशेधाज्ञाका कारण कार्यालयसम्म आउन नसक्ने शेयर सदस्यहरुलाई घरदैलोमै पुगेर अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवस्था समेत मिलाएको छ,’ त्यसै संस्थाका कार्यकारी अध्यक्ष बस्नेतको कथन छ ।
