उपकार , बाबा , शुभश्री र नवआदर्श साकोसले गरे नेपाल- कोरियन मैत्री अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा मध्यपुर थिमिमा सञ्चालन भइरहेको नेपाल- कोरियन मैत्री अस्पताललाई यही जेठ १५ गते मध्यपुर थिमि नगरपालिका -४, शंखधर चोकमा रहेका बाबा बचत तथा ऋण सहकारी संस्था लि., शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि. तथा सोही नगरपालिका -६ , बखाहा बजारमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले रु.४,५९,९५० बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । ती ४ वटा संस्थाले सहयोग गरेका स्वास्थ्य सामाग्रीमा १/१ थान गरी ४ थान पेसेण्ट मनिटर छन् । ती पेसेण्ट मनिटर मध्ये उपकार बचत तथा ऋण सहकारी संस्था लि. ले सहयोग गरेको पेसेण्ट मनिटरको मुल्य रु. १,२०,००० र अरु बाँकी पेसेण्ट मनिटरको प्रतिथान मुल्य रु.१,१०,००० रहेको बताइएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरी सो अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच मध्यपुर थिमि नगरपालिकाका मेयर तथा त्यसै अस्पतालका आध्यक्ष मदनसुन्दर श्रेष्ठलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का कोषाध्यक्ष समेत रहनु भएका उपकार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कान्छाभक्त घजु , शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ , बाबा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ज्ञानराम श्रेष्ठ र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राकेश श्रेष्ठलेे उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै मेयर श्रेष्ठले कोरोना महामारीको विषम परिस्थितिमा सहकारी संघ/संस्थाले गरेको सहयोग साह्रै महत्वपूर्ण रहेको भन्दै ४ वटै सहकारी संस्थालाई धन्यबाद ज्ञापन गर्नुभयो । ती संस्थाहरुले उक्त सहयोग गरेको बोधार्थ नेफ्स्कून, थिमि शाखा र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लाई बुझाएका छन् । 

कार्यक्रममा जिल्ला समन्वय समिति ,भक्तपुरका सदस्य उमेश श्रेष्ठ , मध्यपुर थिमि नगरपालिकाका बरिष्ठ किशुन अधिकृत केशव सिलवाल , सोही अस्पतालका प्रशासन प्रमुख रुपमा श्रेष्ठ र ४ वटै सहकारी संस्थाका सञ्चालकहरु लगायतको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply