सामूहिक साकोसद्वारा भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु.२,०२,०५५ सहयोग प्रदान

0 Shares

भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा दाताहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भक्तपुर नगरपालिकाले जनाएको छ । यसैक्रममा भक्तपुर नगरपालिका- ३, बोलाछेंमा स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले यही जेठ १७ गते सो कोषमा रु.२ लाख २ हजार ५५ सहयोग गरेको जनाइएको छ । सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले भक्तपुर नगरपालिकाकी उप-मेयर रजनी जोशीलाई उक्त सहयोग रकम प्रदान गर्नु भएको थियो । त्यस अवसरमा उप-मेयर जोशीले कोरोना महामारीको जोखिमका बीच सामूहिक साकोसले जनतालाई जनताको सहयोगमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने , स्वास्थ्य उपकरण व्यवस्था गर्न लगायतको कार्यको लागि भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै सो संस्थालाई धन्यवाद दिनुभयो । सोही अवसरमा सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.का सचिव कृष्णहरि सैंजु , लेखा सुपरीवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ र व्यवस्थापक कविन्द्र धौबञ्जार लगायतको उपस्थिती रहेको थियो ।

सहयोग गरिएको उक्त  रकम सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को सामूहिक विकास कोषबाट र त्यस संस्थाको सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति तथा उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुबाट संकलन गरी जम्मा गरिएको थियो ।

सोही अवसरमा सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति सदस्य बलराम भुजुले आफ्नी दिवंगत आमा तथा उक्त संस्थाकी शेयर सदस्य छलमाया भुजुको स्मृतिमा भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु.४० हजार सहयोग गर्नु भएको थियो ।

भक्तपुर नगरपालिकाले उक्त कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघ/संस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर न.पा.मा उपलब्ध गराउनु अनुरोध गरेको छ ।

Leave a Reply