आज पनि काठमाडौं उपत्यकामा निशैधाज्ञामा कडाई , भोलिबाट पुन: थपिएको ११ दिनको निशैधाज्ञा भने केही खुकुलो हुने

0 Shares

आज पनि काठमाडौं उपत्यकामा निशेधाज्ञा कडाई गरिएको छ । डेरी , तरकारी , ग्यास , पानी र मासु  पसल फाट्टफुट्ट विहान ९ बजेसम्म खुलेको देखिएको थियो  । कोटेश्वरको सहयोगीनगरस्थित एक मासु पसलमा त डिउटीमा खटिएका प्रहरीले नै मासु किन्दै गरेको देखिएको थियो ।

भोलिबाट पुन: ११ दिन काठमाडौं उपत्यकामा निशेधाज्ञा थप गरिएपनि सो समयमा दैनिक विहान ९ बजेसम्म डिपार्टमेण्टल स्टोर , तरकारी , किराना , ग्यास , मासु , डेरी लगायतका अत्यावश्यक सामाग्री पसल खोल्न दिने निर्णय काठमाडौं उपत्यकाका काठमाडौं , भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट गरिएको थियो , जसले निशेधाज्ञा केही खुकुलो गरिएपनि निजी तथा सार्वजनिक सवारी साधन , चलचित्र घर , क्याटरिङमा , होटल लगायतलाई सञ्चालन गर्न अनुमती दिइएको छैन । सो अवधिमा ढुवानीका साधन र वर्कसप भने राती ९ देखि विहान ९ बजेसम्म खुल्ला रहने छन् । त्यसैगरी निर्माण सामाग्री बोकेका ढुवानीका साधन भने रातो ९ देखि विहान ४ बजेसम्म चल्ने पाउनेछन् ।

यसैगरी चितवनमा जेठ २७, मकवानपुरमा जेठ ३१ , पर्सामा जेठ ३० र बर्दियामा जेठ मसान्तसम्म निशेधाज्ञा थप गरिएको समाचार प्राप्त भएको छ

यसैबीच विदेशबाट स्वदेश फर्किन चाहने नेपालीहरुले सरकारले तोकेको होटलमा क्वारेन्टिनमा अनिवार्य  बस्नु  पर्ने जनाइएको छ । यसका लागि सरकारले ७८ वटा होटल तोकेको छ । मलेसिया तथा खाडी मुलुकबाट स्वदेश फर्किन चाहनेे कतिपय श्रमिकहरुले भने सरकारले तय गरेको होटलमा पैसा तिरेर क्वारेन्टिनमा बस्न आफूलाई समस्या पर्ने भएकोले ती होटलको सट्टा क्वारेन्टिनमा बस्ने स्थल आफैले छनौट गर्न पाउनु पर्ने बताएका छन्

Leave a Reply