ओली नेतृत्वको मन्त्रीपरिषदमा पुन: ७ मन्त्री र १ राज्यमन्त्री थप , साँढे ३९ महिनामा १९ पटक मन्त्रीपरिषद बिस्तार

0 Shares

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदमा आज पुन: ७ मन्त्री र १ राज्यमन्त्री थप गरिएको छ । साँढे ३९ महिनाको समयभित्र १९औं पटक बिस्तार गरिएको मन्त्रीपरिषदमा नेकपा (एमाले) को तर्फबाट खगराज अधिकारीलाई गृह , नारदमुनि रानालाई बन तथा वातावरण , गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशाशन , नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि , ज्वालाकुमारी शाहलाई कृषि तथा पशुपञ्छी र मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र आशाकुमारी बि.क.लाई बन तथा वातावरण राज्यमन्त्री एवं जसपाको महन्थ ठाकुर खेमाका नेता राजकिशोर यादवलाई उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरिएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिई आ-आफ्नो पद बहाली गर्नु भएको छ । बर्तमान मन्त्रीपरिषदमा २२ जना मन्त्री र ३ जना राज्यमन्त्री हुनुहुन्छ । जसमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राख्नु भएको छ । केही दिन अगाडि गृह मन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ पत्नी नैनकला थापा , जो पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्न , लाई सञ्चार तथा सूचना प्रविधि मन्त्री र नेकपा(माओवादी केन्द्र) बाट नेकपा(एमाले) मा लागेपछि नेकपा(माओवादी केन्द्र) बाट २ नं. प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी ज्वालाकुमारी शाहलाई पूर्व माओवादी केन्द्रबाट नेकपा(एमाले) प्रवेश गरेका नेता कार्यकर्ताको मन राख्न मन्त्री बनाइएको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री बनेका गणेश पहाडी नेकपा(एमाले) को झलनाथ-माधब खेमा छाडेर सो दलको ओली खेमामा लाग्नु भएको हो । यो मन्त्रीपरिषदमा विष्णुप्रसाद पौडेल , रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री हुनुहुन्छ ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌भने यसमा जसपाको महन्थ ठाकुर पक्षका ९ जना मन्त्री र २ जना राज्यमन्त्री हुनुहुन्छ । यस मन्त्रीपरिषदमा ३ जना मन्त्री र २ जना राज्यमन्त्री हुनुहुन्छ , जसमध्ये दलित समुदायबाट १ जना महिला राज्यमन्त्री बन्ने अवसर पाउनु भएको छ ।

लामो समयको निशैधाज्ञामा पनि आर्थिक बिपन्न अवस्थाका नागरिकको दु:ख पीरमा चासो नदिएको भन्दै निराशा प्रकट गरिरहेका धेरै नागरिकले यो मन्त्रीपरिषद बिस्तारप्रति खासै चासो दिएको देखिएन ।

 

Leave a Reply