चुरे नष्ट हुने भन्दै सरकारको बालुवा गिटी लगायतका खानीजन्य सामाग्री भारततर्फ निर्यात गर्ने नीतिको सर्वत्र विरोध

0 Shares

सरकारले बालुवा गिटी लगायतका खानीजन्य सामाग्री  भारततर्फ निर्यात गर्ने नीति लिएसँगै चुरे दोहन भएर तराईका धेरै जमिन मरुभूमिको हुने भन्दै त्यसको सर्वत्र विरोध भएको देखिएको छ । सरकार भने चुरेलाई बचाएर बालुवा गिटी लगायतका खानीजन्य सामाग्री निर्यात गर्ने बताइरहेको छ । सरकारको सो कार्यको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , जसपाका अध्यक्ष उपेन्द्र यादब , पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ , नेकपा(माले) का महासचिव सी.पी. मैनाली , राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतले विरोध गर्नु भएको छ । सरकारको उक्त कार्यको राजनीति दलहरुले मात्रै नभई नागरिकहरुले पनि विरोध गरिरहेका छन् ।

Leave a Reply