रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.ले प्रधान कार्यालयबाट बिहान १० देखि दिउसो १ बजेसम् सेवा प्रवाह गर्दै , सहजताको लागि सदस्यहरुलाई रोयल स्मार्ट बैंकिङ सेवा उपयोग गर्न आग्रह

0 Shares

काठमाडौं बसुन्धरामा आफ्नै भवनमा प्रधान कार्यालय रहेको  रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.ले निशेधाज्ञाको समयमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर दैनिक बिहान १० देखि दिउसो १ बजेसम्म प्रधान कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको जनाएको छ ।  सो समयमा बचत जम्मा , बचत फिर्ता, कर्जा भुक्तानी र रेमिट्यान्स सेवा उपलब्ध गरिएको सोही संस्थाका प्रबन्ध निर्देशक सीताराम काफ्लेको भनाइ छ ।

निशेधाज्ञाको समयमा सहजताको लागि उक्त संस्थाले आफूले प्रवाह गरिरहेको रोयल स्मार्ट बैंकिङ सेवा उपयोग गर्न आफ्ना शेयर सदस्यहरुलाई आग्रह गरेको छ । त्यस सेवाबाट टेलिभिजन रिचार्ज पेमेण्ट , फण्ड ट्रान्सफर, मोबाइल टपअफ , युटिलिटी पेमेण्ट , इन्टरनेट बिल पेमेण्ट  र वालेट पेमेण्ट सेवा प्रवाह भइरहेको बताइएको छ ।

 

Leave a Reply