भक्तपुर जिल्ला बचत संघको आयोजनामा स्वउत्प्रेरित कार्यक्रम सम्पन्न

0 Shares

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा आज अनलाइन स्वउत्प्रेरित (Motivate Yourself) कार्यक्रम सम्पन्न भएकोछ । सोही संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्नुहुदैं कोरानाका कारण निराश, पीडा र तनावमा रहेको जनजीवनमा स्वउत्प्रेरित भई उच्च मनोबलका साथ जनजीवनलाई अगाडि बढाउन सहज होस् भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले जारी निषेधआज्ञामा सहकारीलाई सम्बोधन नगरी उपेक्षा गरे पनि समुदायिक सहकारीले स्वास्थ्य मापदण्ड पालना गरी बैकल्पिक उपायहरुद्धारा निरन्तर सेवा दिइरहेको बताउदै सहकारी संस्थाले बचत र ऋणको मात्रै काम नगरी विपत्तमा सामाजिक दायित्व अन्तर्गत भूमिका निभाइरहेका छन् , सोको ज्वलन्त उदाहरण ख्वप अस्पतालमा अक्सिजन प्लाण्ट जडान तथा स्वास्थ्य समाग्री खरीदका लागि संघमा आबद्ध सदस्य संस्थाहरुले रु. ७५ लाख भन्दा बढी सहयोग गरीसकेको र अझ सहयोग गर्ने क्रम जारी रहेको छ भन्नुभयो ।

कार्यक्रमका प्रस्तोता विकास देव योन्जन तामाङले आफ्नो प्रस्तुतीका क्रममा ‘समय परिर्वतनशील रहेकोले एक दिन कोरानाले पनि हार खान्छ । सो दिनका लागि हामी सजक भई जीउन आवश्यक छ । जीवन छ त- सुख, दुःख हुन्छ, नाफा घाटाका कुरा हुन्छ । तसर्थ सकारात्क सोचका साथ अगाडि बढुनुपर्छ, जीवनलाई बदल्न संगत बदल्नुपर्छ , सधै लिने सोच भन्दा दिने सोचको विकास गर्नुपर्छ’ भन्दै जीवन उपयोगी र व्यवहारिक कुराहरु बताउनुभयो ।

सो संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रममा स्वागत गर्दै कोरोना कहरमा मानसिक तनावमा रहेको अवस्थामा स्वउत्प्रेरण कार्यक्रमले स्वउत्प्रेरित हुने विचार राख्नु भयो । उक्त कार्यक्रममा ८४ जनाको सहभागिता रहेको थियो ।

 

 

 

(ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

Leave a Reply