मिलिजुली कालिञ्चोक साकोस,दोलखाले ग-यो कर्जाको व्याजमा १५ प्रतिशतसम्म छुट

0 Shares

दोलखाको चरिकोटमा प्रधान कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.,लेे दोलखा जिल्ला प्रशासन कार्यालयको निशेधाज्ञा आदेश तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी यही जेठ २० गतेदेखि आइतबार र बिहीबार गरी हप्ताको २ दिन बिहान ९ बजेदेखि आफ्नो कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको जनाएको छ । कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको निशेधाज्ञाका कारण आफ्ना शेयर सदस्यहरुको व्यापार व्यवसायमा असर परेकोले महसुश गरी कर्जाको व्याजमा १० देखि १५ प्रतिशतसम्म छुट गरेको जनाइएको छ । जस अनुसार त्यस संस्थामा तिर्न बाँकी ब्याज २०७८ असार १० गते भित्र बुझाएमा २०७८ बैशाख २३ गते पछिको ब्याजमा १५ प्रतिशत छुट दिने , त्यसैगरी तिर्नबाँकी ब्याज २०७८ असार २० गतेसम्म बुझाएमा २०७८ बैशाख २३ गतेपछिको ब्याजमा १२ प्रतिशत छुट दिने र २०७८ असार ३१ गते भित्र तिर्न बाँकी व्याज बुझाएमा लकडाउन अवधिभरको ब्याजमा १० प्रतिशत छुट दिनेे साथै त्यस अवधिभरको लागि हर्जाना छुट दिने सोही संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठको भनाई छ । उक्त संस्थाले २०७८ असार महिनाभरका लागि मासिक बचत, दैनिक बचत र बाल बचतमा दिँदै आएको ब्याजमा १ प्रतिशत थप गर्ने निर्णय भएको त्यसै संस्थाका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

Leave a Reply