चन्द्रसूर्य साकोसको कार्यालय आइतबार र शुक्रबार खुल्ने , ब्राइट साकोसको कार्यालय सञ्चालनमा

0 Shares

निशेधाज्ञाको समयमा  सम्पर्क व्यक्ति सहितको बैकल्पिक विधि मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको  ललितपुरको लगनखेलस्थित चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.ले अर्को सूचना जारी नभएसम्म आउदो शूक्रबारदेखि आइतबार र शुक्रबार गरी हप्ताको २ दिन कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्ने जनाएको छ । राष्ट्रिय सहकारी बैंक लि.को लगनखेल शाखा कार्यालय आइतबार र शुक्रबार खुल्ने भएकोले उक्त २ दिन बिहान ११:३० बजेदेखि अपरान्ह ३:०० बजेसम्म आफ्नो कार्यालय सञ्चालन गर्ने त्यस संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।

 

ब्राइट साकोस , बागबजारको कार्यालय खुल्ला

 

निशेधाज्ञाका कारण यही जेठ ३ देखि १३ गतेसम्म कार्यालय बन्द गरी सम्पर्क व्यक्ति सहितको बैकल्पिक विधि अवलम्बन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको काठमाडौं बागबजारस्थित ब्राइट बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय सञ्चालन जारी रहेको जनाइएको छ । आफ्नो कार्यालयबाट बचत जम्मा तथा भुक्तानी , ऋण असुली , घरायसी ऋण लगानी जस्ता कार्य सुचारु रहेको उक्त संस्थाले जनाएको छ ।

 

 

Leave a Reply