निशेधाज्ञा अवधिको व्याज छुट गर्दै नव धवलागिरि साकोस

0 Shares

काठमाडौं महानगरपालिका-२६, सामाखुशीमा रहेको नव धवलागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निशेधाज्ञाको अवधिको कर्जाको व्याजमा छुट दिने निर्णय गरेको जनाएको छ । जस अनुसार २०७८ जेठ मसान्तभित्र भुक्तानी गरेमा २०७८ बैशाख १६ गतेदेखि जेठ मसान्तसम्मको व्याजमा १० प्रतिशत , पेनाल व्याजमा १०० प्रतिशत र व्याज तथा पेनाल व्याजमा १० प्रतिशत छुट दिने सो संस्थाद्वारा जारी सूचनामा उल्लेख छ । निशेधाज्ञाका कारण यही जेठ १ गतेदेखि २३ गतेसम्म कार्यालय बन्द गरी सम्पर्क व्यक्ति सहित वैकल्पिक विधिबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको त्यस संस्थाले यही जेठ २४ गतेदेखि भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विहान ११:०० बजेदेखि दिउसो २ बजेसम्म कार्यालय सञ्चालन गर्न थालेको बताइएको छ ।

Leave a Reply