शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु.३ लाख २ हजार सहयोग . उक्त संस्थाले ग-यो सीसीटीभी जडानको लागि रु.७५ हजार सहयोग

0 Shares

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.ले भक्तपुुर नगरपालिकालेे ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माण , एच.डी.यू. र आइसोलेशन सञ्चालन लगायतका कार्यको लागि खडा गरेको प्रकोप व्यवस्थापन कोषमा रु.३ लाख १ हजार सहयोग गरेको जानकारी प्राप्त भएको छ । उक्त संस्थाले आफ्नो भक्तपुरको कमलविनायकमा रहेको सदस्य सेवाकेन्द्र मार्फत आज सो सहयोग गरेको जनाइएको छ । सो सहयोगको लागि उक्त संस्थालाई भक्तपुर नगरपालिकालेे  धन्यबाद ज्ञापन गरेको छ । भक्तपुर नगरपालिकाले खडा गरेको त्यस कोषमा भक्तपुर नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संघ/संस्था , विद्यालय , कलेज , उद्योगी , व्यापारी , व्यवसायी तथा विभिन्न व्यक्तित्वहरुले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने क्रम जारी रहेको बताइएको छ । उक्त कोषमा रु.३ करोड भन्दा बढी रकम जम्मा भएको र त्यसमा सहकारी संघ/संस्थाहरुले मात्रै रु.८० लाखको हाराहारीमा सहयोग गरेको जनाइएको छ ।

यसैगरी त्यस संस्थाले पलाँसेदेखि कोटेश्वरसम्मको सडकमा सीसीटीभी जडानको लागि भक्तपुर जिल्ला सीसीटीभी समितिलाई आज रु.७५ हजार सहयोग गरेको जनाएको छ । सो सहयोग ग्रहण गर्दै त्यस समितिले उक्त संस्थालाई धन्यबाद ज्ञापन गरेको छ ।

स्थापना भएको छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल हुनुका साथै आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।

Leave a Reply