बागमती प्रदेश सभासद वैद्यको प्रधानमन्त्रीको हत्या गर्ने भन्ने अभिव्यक्तिको नेकपा (एमाले) द्वारा विरोध, आफ्नो अभिव्यक्तिप्रति सभासद वैद्यद्वारा आत्मालोचना

0 Shares

यही जेठ २८ गते बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा यही जेठ २८ गते आफ्नो विचार प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हत्या गर्ने भनी दिएको अभिव्यक्तिप्रति नेकपा(एमाले) ले बिरोध गरेको छ । उक्त पार्टीको ओली खेमाका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गरी सो अभिव्यक्तिको निन्दा गर्नु भयो ‌‌। यता नेपाली काँग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा व्यक्त गर्ने क्रममा मबाट सो अभिव्यक्ति दिनु गल्ती भएको आफूले महशुस गरेको छु र मेरो पार्टीले पनि त्यस अभिव्यक्ति सच्याउन निर्देशन दिएकोले त्यसप्रति म क्षमा याचना गर्छु’ भन्दै आत्मालोचना गर्नु भएको छ । उहाँले प्रेस वक्तव्य जारी गर्दै भुलबस व्यक्त भएको सो अभिव्यक्ति बागमती प्रदेशसभाको रेकर्डबाट हटाउन बागमती प्रदेशसभाका सभामुखलाई अनुरोध गर्नु भएको छ ।

Leave a Reply