भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को लेखा सुपरीवेक्षण समितिको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को लेखा सुपरीवेक्षण समितिको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा अनलाइन लेखा सुपरीवेक्षण तालिम आज सम्पन्न भएको छ । उक्त तालिममा सोही संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले लेखा सुपरीवेक्षण समिति सक्रिय भएको सहकारी सस्थामा समस्या नभएको भन्दै सहकारी सुशासन र नियम संंगत सञ्चालनमा लेखा सुपरीवेक्षण समितिको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।

त्यसैगरी नेफ्स्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटाले सहजीकरण गर्नु भएको सो तालिममा लेखा सुपरिवेक्षण समितिको वर्तमान अवस्था, आन्तरिक लेखा परीक्षकका क्षेत्र तथा विधि, आन्तरिक लेखा परीक्षणको प्रतिवेदन र प्रस्तुतीकरण बारेमा सुक्ष्म ढंगले सरल र व्यवहारिक ढंगबाट तालिम दिनुभयो ।

त्यस्तै त्यसै संघका लेखा सुपरीवेक्षण समितिका सदस्य सुशिला बरालले विषम परिस्थितीमा त्यस संघले खेलेको भुमिका बारेमा चर्चा गर्दै सहकारी संस्थामा लेखा सुपरीवेक्षण समितिको क्षमता अभिवृदि गर्ने उद्देश्यले यो तालिमको आयोजना गरेको बताउनुभयो ।

त्यसै तालिम कार्यक्रमको अध्यक्षता गर्दै सो संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले हरेक बर्ष यस संघले लेखा सुपरीवेक्षण समितिको क्षमता अभिवृद्धि हुने गरी तालिम कार्यक्रमहरुको आयोजना गदै आएको छ भन्नुभयो । उहाँले कोरोना महामारीको यस्तो विषम परिस्थितिलाई पनि अवसरको रुपमा लिई तालिमको आयोजना गरेको बताउनुभयो ।

उक्त समितिका सदस्य श्रीप्रसाद त्यातजूले सो संघको परिचय सहित संक्षिप्त परिचय तालिम कार्यक्रम सञ्चालन गर्नुभयो ।  तालिममा २०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो ।

Leave a Reply