हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.ले निशेधाज्ञा शुरु भएदेखि असार मसान्तसम्मको कूल व्याजमा १० प्रतिशत र जरिवाना १०० प्रतिशत छुट दिने
काठमाडौंको तिनकुनेमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.ले कोरोना महामारी नियन्त्रणको लागि स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञा शुरु भएदेखि असार मसान्तसम्मको कर्जाको कूल व्याजमा १० प्रतिशत छुट र सो समयमा लागेको जरिवाना १०० प्रतिशत छुट गर्ने भएको छ । यही असार २८ गते बसेको सो संस्थाको सञ्चालक समितिको बैठकले शेयर सदस्यहरुले संस्थामा तिर्नु पर्ने कर्जाको सावाँ र व्याज असार मसान्त भित्र भुक्तानी गरेमा उनीहरुले उक्त सुविधा प्राप्त गर्ने निर्णय गरेको सोही संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।
