ललितपुर बचत संघको आयोजनामा भर्चुअल ((ZOOM) ) मार्फत मनोवैज्ञानिक विकास कार्यक्रम सम्पन्न

0 Shares

ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७८ जेष्ठ २९ मा भर्चुअल (zoom) मार्फत कोभिड- १९ महामारीको प्रभाव र सहकारीकर्मीहरुको  मनोवैज्ञानिक विकासको लागि Self Development : Managing Emotion/ Crisis/ Mind विषयक कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को कारणले घरमा नै थुनियर बस्न बाध्य भएको अवस्थामा सकारात्मक सोचको विकास सहित तनाव व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उक्त संघका व्यवस्थापक सन्तोष बजगाईले बताउनुभयो ।

कार्यक्रम उद्घाटनको अवसरमा बोल्दै सोही संघका अध्यक्ष रामहरि बजगाईले हाल कोभिड-१९ को महामारीको कारणले सम्पूर्ण क्षेत्रमा प्रभाव पारेको र यसले सहकारी क्षेत्रमा पनि प्रत्यक्ष असर गरेको हुँदा मानिसको जीवनमा सकारात्मक सोच र चिन्तन आवश्यक भएकोले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।  उहाँले ललितपुर बचत संघले आफ्ना सदस्य सहकारी संस्थाहरुमा तरलता व्यवस्थापनमा समस्या नआहोस भनी अघिल्लो वर्ष लकडाउनको समयमा रु.दश करोड कोरोना महामारी तरलता व्यवस्थापन कोषमा रकम छुट्याएको र यस वर्ष पनि उक्त कोषलाई निरन्तरता दिएको जानकारी गराउदै संस्थामा वित्तीय वा अन्य जुनसुकै समस्या आएमा सदस्य सहकारी संस्थाहरुलाई यस संघमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

त्यस्तै सो कार्यक्रमा  हिन्दु विद्मापीठ तथा शान्ति सेवा आश्रमका प्रमुख उत्प्रेरक गुरु डा. चिन्तामणि योगीले विशेषगरी आत्म-विकास, मानवीय भावना, संकट र दिमागलाई जोडी प्रस्तुती गर्नु भएको थियो । गु्रुले कोरोना महामारीमा कसरी हाम्रो प्रतिरक्षा क्षमता बढाउने, जीवनयापनलाई कसरी सहज बनाउने र संकटलाई व्यवस्थापन गरी प्रकृतिसँग कसरी घुलमिल भएर जीवनयापन गर्ने भन्नेमा महत्वपूर्ण सन्देहरु दिनु भएको थियो । कार्यक्रम सञ्चालन त्यसै संघका सचिव श्यामकृष्ण महर्जनले गर्नु भएको थियो भने कार्यक्रमको समापनको अवसरमा सो संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले विशेष समय उपलब्ध गराएर प्रस्तुतिकरण गर्नुहुने गुरु डा.चिन्तामणि योगी लगायत कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

Leave a Reply