नमस्ते गोसाइकुण्ड साकोसले तोकेको समयभित्र ऋण तिर्ने सदस्यलाई व्याजमा छुट दिने
कोरोना भाइरस माहामारी नियन्त्रण गर्न भनी स्थानीय प्रशासनले २०७८ बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निशैधाज्ञा जारी गरेपछि प्रतिकूल अवस्थामा पनि आंसिक रुपमा कार्यलय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको काठमाडौंको चावहिलमा रहेको नमस्ते गोसाइकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.ले खातामा पैसा नभएका तर अत्यावश्यक समस्यामा परेका आफ्ना शेयर सदस्यहरुलाई छोटो अवधिको लागि कर्जा प्रवाह गर्ने जनाएको छ । सो संस्थाले आफ्ना ऋणी सदस्यहरुले आफूले चुक्ता गर्नु पर्ने कर्जाको सावाँ र व्याज यही असार १० , १५ र २५ गते भित्र बुझाएमा पाकेको व्याजमा क्रमश: १५ प्रतिशत , १० प्रतिशत र ५ प्रतिशत छुट दिने जनाएको छ । उक्त संस्था विहान ९ देखि ११ बजेसम्म सञ्चालन हुदै आएको छ ।
