राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक तथा पूर्व अध्यक्ष राजेशहरि जोशीको निधनको शोकमा असार २ गते ललितपुरका सहकारी संघ/संस्था बन्द हुनै

0 Shares

बरिष्ठ सहकारी अभियान्ता तथा तथा राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक तथा पूर्व अध्यक्ष एवं समाजसेवी राजेशहरि जोशीको असामयिक निधनप्रति सहकारी क्षेत्रले शोक प्रकट गरिरहेको छ । उहाँको निधनप्रति त ललितपुर जिल्लामा रहेका सहकारी संघ/संस्थाहरुले शोक प्रकट गर्दै यही असार २ गते बुधबार १ दिन आफ्नो कार्यालय बन्द गर्ने जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलाल , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँ , बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जन , जिल्ला चिया उत्पादक सहकारी संघ लि., ललितपुरका अध्यक्ष ऋषिराम घिमिरे , जिल्ला कृषि सहकारी संघ लि., ललितपुरका उपाध्यक्ष दिल नापित  , जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि., ललितपुरका अध्यक्ष कृष्णमान लामा , जिल्ला सूचना तथा सहकारी संघ लि., ललितपुरका अध्यक्ष अमृतनाथ तिमिल्सिना , जिल्ला पर्यटन सहकारी संघ लि., ललितपुरका अध्यक्ष शिव कट्टेल र जिल्ला जडिबुटी सहकारी संघ लि., ललितपुरका अध्यक्ष रामशरण दाहालद्वारा संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको सूचनामा उल्लेख छ ।

१० वर्ष जति समय राष्ट्रिय सहकारी बैंक लि.को नेतृत्व गर्नु भएका राजेशहरि जोशी नेशनल को-अपरेटर्स एलायन्स, नेपालका सह-अध्यक्ष , नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोसाइटी लि., प्याङ्गथा , गा:बहाल , ललितपुर र मकवानपुर बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडाका अध्यक्ष , जिल्ला सहकारी संघ लि., ललितपुर र बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका सल्लाहकार तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नि: बर्तमान सल्लाहकार तथा मुक्तिनाथ विकास बैंक लि.को पूर्व सञ्चालक हुनुहुन्थ्यो ।  सहकारी क्षेत्रका साथै उहाँ समाजसेवा र खेलकुद क्षेत्रमा पनि सम्बद्ध हुनुहुन्थो । ६४ वर्षको उमेरमा उहाँको यही जेठ ३० गते साँझ निधन भएको थियो ।

……………………………………………………………….

राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक तथा पूर्व अध्यक्ष तथा बरिष्ठ सहकारी अभियान्ता एवं समाजसेवी राजेशहरि जोशीको यही जेठ ३० गते साँझ ६:३० बजे भएको असामयिक निधनप्रति सहकारी सञ्जाल परिवार शोक व्यक्त गर्दै दिवंगत राजेशहरि जोशी सरप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्दछ र शोकको यस दु:खद घडीमा शोकाकुल सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछ

Leave a Reply