थानकोट महिला जागरण साकोस, डाँडाकालिका साकोस , घरपरिवार साकोस र मंगलपुर साकोसद्वारा कर्जाको व्याज छुट

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका-३, थानकोटमा रहेको थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार २० गतेसम्ममा कर्जा भुक्तानी गरेमा व्याजमा १० प्रतिशत छुट दिने भएको छ । सो संस्थाले यही असार २१ गतेदेखि असार मसान्तभित्र कर्जा भुक्तानी गरेमा कर्जाको व्याजमा ५ प्रतिशत छुट र निशेधाज्ञा अवधिको जरिवाना मिनाहा गर्ने त्यसै संस्थाकी व्यवस्थापक विपना महर्जनको भनाई छ । 

यही असार ६ गतेदेखि अर्को सूचना जारी नभएसम्म त्यस संस्थाको कार्यालय विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुन थालेको छ ।

 

 

डाँडाकालिका साकोसले व्याज छुट गर्दै

 

बर्दघाट- सुस्ता पूर्वको नवलपरासीको गैडाकोटमा रहेको डाँडाकालिका बचत तथा ऋण सहकारी संस्था लि.ले समयमा कर्जाको सावाँ व्याज भुक्तानी गरेमा कर्जाको २०७८ बैशाख २१ गतेदेखि यही असार २० गतेसम्मको व्याजमा ५ प्रतिशत छुट गर्ने निर्णय गरेको  सोही संस्थाका अध्यक्ष शिवबहादुर पुनले बताउनु भएको छ ।

 

घरपरिवार साकोसले शेयर सदस्यहरुलाई विशेष सहुलियत दिने

 

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको घरपरिवार बचत तथा ऋण सहकारी संस्था लि.ले  यही असार २० गतेभित्र कर्जाको किस्ता र व्याज बुझाएमा निशेधाज्ञा अवधिको किस्ताको व्याजमा विशेष सहुलियत दिने जनाएको छ ‌‌‌‌।

 

मंगलपुर साकोसले १२ प्रतिशत व्याज छुट गर्ने

 

चितवनको भरतपुर महानगरपालिका-१५ मा रहेको मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार २० गतेभित्र कर्जाको किस्ता र व्याज बुझाएमा कर्जाको २ महिनाको व्याजमा १२ प्रतिशत छुट र हर्जाना मिनाहा गर्ने भएको छ । त्यस संस्थाले सो मिति भित्र कर्जाको व्याज मात्रै बुझाएमा अतिरिक्त व्याज र हर्जना छुट गर्ने जनाएको छ । यसैगरी उक्त संस्थाले कर्जाको नियमित रुपमा किस्ता र व्याज नबुझाएका शेयर सदस्यलाई निशेधाज्ञा शुरु भए यताको २ महिनाको हर्जाना मिनाहा गरेको बताइएको छ ।

 

Leave a Reply