बुडोल सामुदायिक साकोसले कर्जाको जेठ र असार महिनाको व्याजमा १० प्रतिशत छुट दिने

0 Shares

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६, बुडोलमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार २५ गतेभित्र २०७८ जेठ र असार महिनाको व्याज भुक्तानी गरेमा व्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको जनाएको छ । २०७८ जेठ महिना भन्दा अगाडिको भुक्तानी गर्नु पर्ने व्याज यही असार २५ गतेभित्र भुक्तानी गरेमा हर्जना मिनाहा गर्ने सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीद्वारा हस्ताक्षर गरी जारी गरिएको सूचना उल्लेख गरिएको छ ।

Leave a Reply