संचित साकोसले १० देखि २० प्रतिशतसम्म र राधाकृष्ण साकोसले १० प्रतिशत व्याज छुट गर्दै

0 Shares

भक्तपुर नगरपालिका-४, भुलाँछामा रहेको संचित बचत तथा ऋण सहकारी संस्था लि. ले बर्तमान असहज परिस्थितिलाई मध्यनजर गरी आफूलाई तिर्नु पर्ने असार मसिन्तसम्मको ऋणको सावाँ व्याज यही असार २५ गतेभित्र बुझाएमा २० प्रतिशत र असार मसान्त भित्र बुझाएमा १० प्रतिशत असार मसान्तसम्मको कर्जाको  व्याज छुट दिने निर्णय गरे बमोजिम कार्य गरिरहेको जनाएको छ । उक्त संस्थाले यस अवधिको हर्जना पनि मिनाहा गरेको छ तर यो सुबीधा मुद्दति धितो रसिद कर्जामा भने लागू नहुने बताइएको छ ।

त्यस संस्थाले गत जेठ २१ गतेदेखि बिदाको दिन बाहेक निशेधाज्ञा आवधिभर दैनिक बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म कार्यालयबाट र त्यस बाहेकको समयमा सम्पर्क व्यक्ति मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ । यसैगरी उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर नगरपालिकाले निर्माण गरेको प्रकोप व्यवस्थापन कोषमा  आर्थिक सहयोग गरेको थियो ।

 

राधाकृष्ण साकोसले १० प्रतिशत व्याज छुट दिने

 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका -७, चारदोबाटोमा  मुख्य कार्यालय र भकुण्डेबेशींमा  सदस्य सेवाकेन्द्र रहेको राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि.ले आफूलाई तिर्नु पर्ने रकम यही असार २५ गतेभित्र भुक्तानी गरेमा कर्जाको यही असार मसान्तसम्मको व्याजमा १० प्रतिशत छुट, र हर्जाना मिनाहा गर्ने निर्णय गरेको जनाएको छ । यस्तै उक्त संस्थाले समस्या परेमा आफ्ना शेयर सदस्यले ३ महिनासम्मको लागि १० प्रतिशत सहुलियत व्याजदरमा कर्जा लिन सक्ने व्यवस्था गरेको बताइएको छ ।

 

 

 

Leave a Reply