प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.२२औं वर्षमा प्रवेश

0 Shares

ललितपुरको थसिखेलमा आफ्नै भवनमा प्रधान कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.२१ वर्ष पूरा भई २२औं वर्षमा प्रवेश गरेको छ । २२औं वर्षमा प्रवेश गरिरहदा सो संस्थाले बचत तथा ऋण कारोवारसँगै लघुवित्त , कृषि लगायतका कार्य गरिरहेको छ ।  प्रधान कार्यालय र सदस्य सेवाकेन्द्रहरु मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको उक्त संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको छ । आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुसार सञ्चालन भइरहेको त्यस संस्था २२औ वर्षमा प्रवेश गरेको उफलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो  । 

सो संस्था २२औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा त्यसै संस्थाका अध्यक्ष माधवप्रसाद तिमिल्सिनाले   सोही संस्थाका शेयर सदस्यहरु , सञ्चालक समिति , लेखा सुपरीबेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु एवं सुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply