उद्यम विकास साकोस , झझल्को साकोस , श्रमजीवी साकोस र महाबौद्ध साकोसले निशेधाज्ञाको समयको कर्जाकै व्याज छुट दिने
काभ्रेपलाञ्चोकको पनौतीमा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि. ले२०७८ असार मसान्तभित्र कर्जाको किस्ता र व्याज बुझाएमा निशेधाज्ञा अवधिको व्याजमा १० प्रति छुट र हर्जाना मिनाहा गर्ने निर्णय गरेको जनाइएको छ ।
सो संस्थाले कोभिड-१९ को संक्रमण भई निधन भएका आफ्ना शेयर सदस्यहरुका परिवारलाई समवेदना स्वरुप: प्रतिपरिवार रु.१० हजारका सहयोग गरेको जनाएको छ । त्यस संस्थाले स्वास्थ्य मापदण्ड पालना गरी गत जेठ १ देखि दैनिक विहान ९:३० बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्नो कार्यालय सञ्चालनबाट सेवा प्रवाह गर्दै आएको छ ।
झझल्को साकोसले कर्जाको व्याज छुट गर्दै
भक्तपुरको चाँगुनायण नगरपालिका-७ , खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार मसान्तभित्र तिर्नु पर्ने कर्जाको व्याज भुक्तानी गरेमा उक्त व्याजमा १२ प्रतिशत छुट र निशेेधाज्ञा अवधिको हर्जाना छुट गर्ने निर्णय गरेको जनाएको छ ।

यही असार ७ गतेदेखि उक्त संस्थाले आफ्नो कार्यालय विहान ७ बजेदेखि अपरान्ह ३:०० बजेसम्म सञ्चालन गर्ने बताइएको छ ।
श्रमजीवी साकोसले पनि कर्जाको व्याज छुट गर्ने
भक्तपुर नगरपालिका-५, याक्षेंमा रहेको श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.ले जेठ महिनाको कर्जाको व्याजमा १० प्रतिशत छुट दिने भएको छ । यही असार २५ गतेभित्र कर्जाको व्याज बुझाएमा असार महिनाको उक्त व्याजमा १५ प्रति छुट दिने जनाएको छ । त्यस संस्धाले यस अबधिमा नियमित बचत गर्न छुटेका शेयर सदस्यहरुलाई यही असार मसान्तभित्र भित्र बचत गर्न आएमा जरिवाना नलिने जनाएको छ ।

महाबौद्ध साकोसले १० देखि १५ प्रतिशत छुट दिने
भरतपुर महानगरपालिका-१, शहीद चोकमा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले यही गत बैशाख १६ गतेदेखि यही असार मसान्त भित्रको हर्जान छुट गर्नुका साथै त्यस आबधिमा कर्जाको व्याज मात्रै बुझाएमा बैशाख , जेठ र असार महिनाको व्याजमा १० प्रतिशत तथा किस्ता रकम जम्मा गरेमा व्याजमा बैशाख महिनामा १५ प्रतिशत ,जेठ महिनामा २० प्रतिशत र असार महिनामा २५ प्रतिशत छुट गर्ने निर्णय गरेको बताइएको छ ।

